सिरिया-टर्की सीमानामा सोमबार ६.३ परिमाणको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले बताएको छ ।
दुई हप्तापछि यस क्षेत्रमा ४६,००० भन्दा बढी मानिसको मृत्यु भएको भूकम्पले विनाश गरि सके पछि आज फेरि भूकम्प आएको एनविसिन्यूजले समाचारमा उल्लेख गरेको छ ।
भूकम्पको केन्द्रविन्दु टर्कीको सुदूर दक्षिणमा रहेको उजुनबाग सहर नजिकै, सिरिया र भूमध्यसागरको नजिक रहेको युएसजीएसले जनाएको छ ।
टर्की सरकारले पनि आफ्नो ट्विटर खातामा भूकम्पको जानकारी दिएको छ।
प्रतिक्रिया