उत्तर कोरियाले अज्ञात प्राक्षेपिक क्षेप्यास्त्र पुन : प्रक्षेपण

इनेप्लिज २०७९ फागुन ८ गते १:०१ मा प्रकाशित

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटको पानीमा धेरै अज्ञात प्राक्षेपिक (बलिस्टिक) क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको अधिकारीहरूले बताएका छन् ।

जापानी तट रक्षक (कोस्ट गार्ड)ले आफ्नो आधिकारिक संजालस्थल (वेबसाइट)मा उत्तर कोरियाले तीनवटा संदिग्ध प्राक्षेपिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताए पनि दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले मात्र दुई छोटो दूरीका प्राक्षेपिक क्षेप्यास्त्र पत्ता लागेको बताए।

स्थानीय समय अनुसार सोमबार बिहान ७ बजेदेखि ७ बजेर ११ मिनेटमा उत्तर कोरियाको दक्षिण प्योङगान प्रान्तको सुकचोन क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाले जनाएको छ ।

जापानको तट रक्षक (कोस्ट गार्ड)ले स्थानीय समय अनुसार सोमबार बिहान जहाजहरूलाई सतर्कता (अलर्ट) जारी गर्‍यो र “थप जानकारीको लागि नजर राख्न” सल्लाह दिएको छ ।

सँस्थाले जहाजहरूलाई खसेको वस्तुहरूबाट टाढा रहन र कुनै पनि दृश्य देखेमा तटरक्षकलाई खबर गर्न भनेको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी र देशका एक शीर्ष अधिकारी किम यो जोङले सोमबार संदिग्ध क्षेप्यास्त्र प्रक्षेपणको समयको वरिपरि एक बिज्ञप्ति जारी गरे ।

किमले राज्य सञ्चालित संचार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) मा प्रकाशित गरिएको विज्ञप्तिमा उत्तर कोरियासँग क्षेप्यास्त्र पुन: प्रक्षेपणका लागि “सन्तोषजनक प्रविधि र क्षमताहरू” रहेको र अब बाँकी रहेको “सङ्ख्या बढाउनमा ध्यान केन्द्रित गर्ने” भनेको छ।

“अन्य व्यक्तिको प्रविधिको बारेमा शंका गर्नु वा चिन्ता गर्नुको सट्टा, आफैलाई बचाउनका लागि प्रतिरोधी उपायहरूको बारेमा अझ गहिरो रूपमा सोच्नु राम्रो हुनेछ,” किमले भने। घटनाको एक दिन अघि, उत्तर कोरियाले शनिबार अन्तरमहादेशीय प्राक्षेपिक क्षेप्यास्त्रको परीक्षण गरेको स्वीकार गरेको छ भनि सिएनएनले समाचार लेखेको छ ।

क्षेप्यास्त्रले ९८९ किलोमिटर (६१४ माइल) करिब ६७ मिनेटमा ५,७६८.५ किलोमिटर (३,५८४ माइल) को उचाइमा उडेको केसीएनएले प्रतिवेदनलमा उल्लेख गरेको छ।

प्रतिक्रिया