युक्रेनी शरणार्थीहरू स्वदेश फर्कने बारे अनिश्चित , अमेरिकामा आफ्नो कानूनी स्थिति प्राप्त गर्न संघर्ष

इनेप्लिज २०७९ फागुन ७ गते १२:०४ मा प्रकाशित

युक्रेनी नागरिक अन्ना येजेरोभा गत वर्ष आफ्नी कान्छी छोरी सहित दुई महिनाको गर्मीको लुगाफाटा लिएर अमेरिका आई पुगेकी थिइन्। उनले युक्रेनमा युद्ध चाँडै समाप्त हुने र आफू फर्कने सोच बनाएकी थिइन् । तर १ बर्ष हुँदा पनि रुसी आक्रमण बन्द भएन ।

करिब एक वर्ष पछि पनि येजेरोभा अमेरिका मै बसोबास गर्दै छिन किनभने युक्रेनमा रुसको आक्रमण समाप्त भएको छैन । उनले आफ्नो लागि कहिल्यै कल्पना नगरेको जीवन अमेरिकामा बनाउने प्रयास गरिरहेकी छिन्। तर अमेरिकामा आफ्नो कानूनी स्थिति प्राप्त गर्न संघर्ष गरि रहेकी छिन ।

येजेरोभाले सीएनएनलाई भनिन्, ‘मैले विदेश जाने सपना कहिल्यै देखेको थिइनँ । “हामीले सबै कुरा शून्यबाट सुरु गर्यौं।”

राष्ट्रपति जो बाइडेनको यस हप्ताको पोल्याण्ड भ्रमणले युक्रेनी शरणार्थी संकट र सुरक्षा सहयोगको अतिरिक्त मानवीय सहयोगको आवश्यकतालाई उच्च केन्द्र बिन्दु गर्ने अपेक्षा गरिएको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि लाखौं शरणार्थी भित्र्याउने देशहरूमध्ये पोल्याण्ड पनि थियो।

तर आफ्नो देशमा रुसको युद्ध चर्किंदै गएपछि अमेरिकामा रहेका युक्रेनी शरणार्थीहरू जो एक पटक दुई वर्षभित्र आफ्नो मातृभूमि फर्किने आशावादी थिए । उनीहरू सायद फिर्ता नहुने र आफ्नो कानुनी समस्यासँग लड्न बाध्य भएका छन भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया