कवि हेमराज बास्तोला
मैले त्रिशुल बनाइसके
तपाईं धुनी बाल्दै गर्नु!
मैले त ध्यान गर्दै गर्छु,
तपाइ आगो ताप्दै गर्नु
म त बिचार पड्काउछु
त्यहाँ उखु पड्काउनु!
नसुन्नेले यही पढ्नु।
एकाबिहानै
आज शिवले भने:
हो मैले त्रिशुल बोक्छु
हरियार हो यो मेरो!
सबै अन्त हुन्छ
मेरो नाचमा, त्यसैले
नउक्साउ मलाइ नाच्न
नटराज हुं म!
नाचिदिन्छु ताण्डव
बजाउदै त्यो डम्मरु!
मसान लिएर डुल्छु हेर
बिस भाङ्ग धतुरो पिएर
बेहोसीमै हराउंछु।
कति स्वतन्त्र छु म हेर!
त्यो कालकुट पनि
मैले नै संहाल्न पर्छ हेर!
खै तिमिहरु स्वतन्त्र भएको?
राजतन्त्र! प्रजातन्त्र! गणतन्त्र!
हुंदा हुदै नभएर प्रदेश तन्त्र!
ननिम्त्याउ भो बिरभद्रलाइ!
तिम्रा दक्षयज्ञहरु
बिथोल्न पर्ने भैसके।
लयमा ल्याउन
बिलय हुन आतुर
तिम्रा कर्म देखेर।
त्रिशुल त एउटा बिम्ब हो!
समायोजन भएको छ त्यहा
तिनै तिन गुणहरुको:
सत्व! रज! तम!
संहाल्न यो संसार.
आउनुहोस
हामी पनि यही
हतियार बोकौ त्रिशुलको!
परिस्थिति अनुसार चल्न
तिन कांढालाई संहालेर
सन्तुलनमा।
प्रतिक्रिया