अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति बाइडेनको दोश्रो बर्षको स्वास्थ्य परीक्षण सम्पन्न ,स्वास्थ्यठीक रहेको चिकित्सकको पुष्टी

इनेप्लिज २०७९ फागुन ५ गते ११:४८ मा प्रकाशित

अमेरिकाको सबैभन्दा वृद्ध ८० बर्षिय राष्ट्रपति जो बाइडेनको दोश्रो बर्षको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।

व्हाइट हाउसका उनका निजी चिकित्सकले राष्ट्रपतिको स्वास्थ्य ठीक रहेको पुष्टी गरेका छन् ।

गत बर्ष पनि बाइडेनको बार्षिक परीक्षण गर्दा उनको स्वास्थ्य रहेको थियो भने यस पटक दोश्रो बर्ष पनि उनको स्वास्थ्य र काम गर्न लायक भएको उनका चिकित्सकले जनाएका छन् ।

राष्ट्रपति बाइडेनल गत बिहीबार वाल्टर रीड राष्ट्रिय सैन्य चिकित्सा केन्द्र (मेडिकल सेन्टर)मा दोस्रो शारीरिक परीक्षण गरेका हुन् । राष्ट्रपतिका चिकित्सककेभिन ओ’कोनरबाट बिहीबार पछि जारी गरिएको ज्ञापन (मेमो )अनुसार, बाइडेन “कर्तव्यको लागि लायक रहेका छन् र आफ्ना सबै जिम्मेवारीहरू पूर्ण रूपमा कार्यान्वयन गर्न सक्छन भनि लेखेका छन् ।

प्रतिक्रिया