प्रणय दिवस अघि माल्दिभ्समा पानीमुनि चुम्बनको विश्व कीर्तिमान तोडियो

इनेप्लिज २०७९ फागुन ३ गते १:१६ मा प्रकाशित

एक दक्षिण अफ्रिकी महिला र एक क्यानाडाली पुरुषले प्रणय दिवस (भ्यालेन्टाइन डे )अघि सबैभन्दा लामो पानी मुनि चुम्बन गर्दै गिनिज वर्ल्ड रेकर्ड (बिश्व किर्तिमान )तोड्न माल्दिभ्स गए र किर्तिमान कायम गरेका छन् ।

४० वर्षीया बेथ निल र उनको हुने वाला दुला ३३ वर्षीय माइल्स क्लाउटियरले फेब्रुअरी ४ का दिन माल्दिभ्समा पानी मुनि ओठ बन्द गरे र ४ मिनेट ६ सेकेन्डसम्म पानीमुनि चुम्बन गरे ।

यो जोडीले सन् २०१० मा पानीमुनि ३ मिनेट २४ सेकेन्डसम्म चुम्बन गर्ने मिशेल फुकारिनो र एलिसा लाजाइनाको यसअघिको विश्व कीर्तिमान तोडे ।

तीन दिनको अभ्यासपछि आफ्नो सफल किर्तिमान प्रयास भएको दम्पतीले बताए । तिनीहरूले लक्स साउथ एरी एटोल अखाडा( रिसोर्ट)को पूलमा बिश्व किर्तिमान गरेका हुन ।

प्रतिक्रिया