भारतीय मुलकी निक्की हेलीद्वारा २०२४ को लागि अमेरिकी राष्ट्रपतिको उम्मेदवारी घोषणा

इनेप्लिज २०७९ फागुन २ गते १२:३७ मा प्रकाशित

दक्षिण क्यारोलाईनाका पूर्व गभर्नर र संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत रिपब्लिकन दलकी निक्की हेलीले मंगलबार २०२४ को लागि अमेरिकी राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेकी छिन ।

हेलीले बुधबार साउथ क्यारोलाइनाको चार्ल्सटनमा आयोजित एक कार्यक्रममा आफ्नो चुनावी दौडको घोषणा गर्दै भाषण दिने तयारी गरेकी छन् ।

एक सामाजिक सञ्जालमा हेलीले “नयाँ पुस्ताको लागि समय हो।” भन्दै आफ्नो घोषणा गरेकी छिन ।

उनी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सामेल भई आफ्नो दलको राष्ट्रपति पदको उम्मेदवारीको दौडमा उम्मेदवारी दिने दोस्रो रिपब्लिकन हुन्।

प्रतिक्रिया