अमेरिकी सेनाले फेरि ग्रेट लेक्स क्षेत्रमा अज्ञात वस्तुलाई गोली हानी खसाल्यो

इनेप्लिज २०७९ माघ २९ गते २२:११ मा प्रकाशित

अमेरिकी सेनाले फेरी ग्रेट लेक्स क्षेत्रमा अज्ञात वस्तुलाई गोली हानी खसालेको छ ।

अमेरिकी सेनाले आइतवार अर्को अज्ञात वस्तुलाई ग्रेट लेक्स क्षेत्रमा गोली हानेको कांग्रेसका दुई सदस्यहरूले आइतवार बताए ।

“म आज ग्रेट लेक्स क्षेत्रमा कारवाईको सम्बन्धमा अमेरिकी रक्षा बिभागसँग सम्पर्कमा छु,” मिशिगनको माथिल्लो प्रायद्वीप र राज्यका अन्य उत्तरी भागहरूको प्रतिनिधित्व गर्ने सांसद ज्याक बर्गम्यानले ट्वीट गरेका छन् ।

अमेरिकी सेनाले हुरोन तालमा अर्को ‘वस्तु’ खसालेको छ। मिशिगनका सांसद एलिसा स्लोटकिनले वस्तुलाई अमेरिकी वायुसेना र राष्ट्रिय सुरक्षाका बिमानचालकहरूले खसालेको बताइन ।

हामी सबैलाई यो वस्तु के थियो र यसको उद्देश्यमा के थियो भनि स्लोटकिनले ट्वीट गरिन ।

मिशिगनका गभर्नर ग्रेचेन ह्वाइटमरले उनी संघीय सरकार र हाम्रा साझेदारहरूसँग सम्पर्कमा रहेको ट्वीटरमा लेखेको सिबिएसन्यूजले समाचार लेखेको छ ।

हाम्रो बिमानले नजिकको वस्तुलाई निगरानी गरि रहेको र यसलाई छिटो र सुरक्षित रूपमा हटायो ,उनले भनिन ।

प्रतिक्रिया