अमेरिकामा अज्ञात व्यक्ति टर्की दूतावास पुगेर भूकम्प पीडितहरूलाई ३० मिलियन (३ करोड )डलर आर्थिक सहयोग गरेको समाचार सिएनएनले लेखेको छ ।
संयुक्त राज्य अमेरिकामा एक अज्ञात व्यक्तिले टर्की र सिरियाका भूकम्प पीडितहरूलाई ३० मिलियन डलर दान गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिबार ट्विट गरेका छन्।
“अमेरिकामा रहेको टर्की दूतावासमा गएर टर्की र सिरियाका भूकम्प पीडितहरूलाई ३ करोड डलर दान गर्ने एक अज्ञात पाकिस्तानीको उदाहरणले अत्यन्तै प्रभावित भएको छ,” प्रधानमन्त्रीले ट्वीट गरे।
“यी परोपकारका त्यस्ता गौरवशाली कार्यहरू हुन् जसले मानवतालाई अप्ठ्यारो जस्तो देखिने बाधाहरूमाथि विजय प्राप्त गर्न सक्षम बनाउँछ,” सरिफले उक्त ट्वीटमा उक्त व्यक्तिको समेत प्रशंसा गरेका छन ।
टर्कीको सरकारी संचालित संचार मध्यम मध्ये एक अनादोलु सँस्थाले यो समाचारको पुष्टि गरेको छ।
तस्बिर कृतज्ञता : टर्की दुताबास डिसी सामाजिक संजाल
प्रतिक्रिया