अमेरिकाको युटाहमा १७ बर्षिय युवती चट्टानमा चिप्लेर खसे पछि मृत्यु

इनेप्लिज २०७९ माघ २८ गते १३:४८ मा प्रकाशित

अमेरिकाको युटाह राज्यमा एक १७ बर्षिय युवती चट्टानमा चिप्लेर खसे पछि मृत्यु भएको छ । युटाहको मोआब रिम ट्राइल ( मोआब किनारा मार्ग)मा हिड्ने क्रममा किशोरी ३० फिट तल खसेर मृत्यु भएको समाचार सिएनएनले लेखेको छ ।

एक किशोरी केन क्रीक क्यान्यन क्षेत्रमा मोआब रिम ट्रेलको पैदल यात्रा गर्ने क्रममा गत शुक्रबार दिउँसो उनको मृत्यु भएको मोआब शहर प्रहरी विभागले बिज्ञप्तिमा उक्त कुरा जनाएको छ ।

साथीहरूको समूहसँग पैदल यात्रा गर्ने क्रममा १७ वर्षीय किशोर चिप्लिएर चट्टानबाट ३० फिट तल खसेको प्रहरीले जनाएको छ। उनका साथीहरूले ९११ मा आकस्मिक सेवामा खबर गरेका थिए । प्रहरीका अनुसार उनलाई मद्दत गर्ने प्रयास गरे तर उनि झरेको स्थानमा पुग्नको लागि कुनै सुरक्षित तरिका थिएन।

खोजी र उद्धार टोलीहरू त्यहाँ आइपुगे तर किशोरीको पहिल्यै खसेर मृत्यु भइसकेको प्रहरीले बताए । उद्धारकर्ताहरूले उनको शव निकाल्न अर्को दुई घण्टा काम गरेका थिए ।

प्रतिक्रिया