नेपाली महिला विश्व सञ्जाल (एनडब्लुजीएन )क्यालिफोर्निया शाखाको नेतृत्व परिवर्तन संगै बिभिन्न कार्यक्रम गर्दै

इनेप्लिज २०७९ माघ २८ गते २:३८ मा प्रकाशित

नेपाली महिला विश्व सञ्जाल (एनडब्लुजीएन )क्यालिफोर्निया शाखा(च्याप्टर)को नेतृत्व परिवर्तनसंगै बिभिन्न कार्यक्रम गर्ने भएको छ । गत जनवरी १४,२०२३ का दिन पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भए पछि अध्यक्षमा निर्वाचित भएकी लक्ष्मी खरेल अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी भै रहेको ईनेप्लिजलाई बताईन ।

साथै अन्य कार्यक्रम समेत गर्ने योजना रहेको भनिन ।

गत जनवरी १४,२०२३ का दिन सम्पन्न नेपाली महिला विश्व सञ्जाल( एनडब्लुजीएन) क्यालिफोर्निया च्याप्टरको २०२३ – २०२४ कार्यकालको लागि लक्ष्मी खरेलको अध्यक्षतामा नयाँ कार्यसमिती समेत गठन भै सकेको छ ।

उक्त समितिमा अध्यक्षमा लक्ष्मी खरेल ,प्रथम उपाध्यक्षमा शीला थापा , द्वितीय उपाध्यक्षमा तारा चालिसे , महासचिवमा प्रज्ञा वाग्ले ,सचिवमा डा. सन्ध्या धिताल कोषाध्यक्षमा लक्ष्मी तिखत्री निर्वाचित भएका थिए ।

साथै कार्यकारी समिति सदस्यहरुमा प्रिस्कीला दाहाल, बिन्दु सापकोटा,प्रमिला थापा, गुजेश्वरी के.सी ,क्रान्ति अर्याल भण्डारी, सपना शर्मा,रोज लामा, रेश्मा कार्की तथा सुबानी सिजापति रहेका छन् ।

अध्यक्ष लक्ष्मी खरेल लगायत सबै कार्यसमिति निर्बिरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया