ट्रम्पको कानुनी टोलीद्वारा थप वर्गीकृत अभिलेख र काखे सुसांख्य यन्त्र (ल्यापटप) संघीय अभियोजकहरूलाई हस्तान्तरण

इनेप्लिज २०७९ माघ २८ गते १:२१ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी टोलीले थप वर्गीकृत अभिलेख र काखे सुसांख्य यन्त्र (ल्यापटप) संघीय अभियोजकहरूलाई हस्तान्तरण गरेको समाचार सिएनएनले लेखेको छ ।

ट्रम्पको कानुनी टोलीले हालैका महिनाहरूमा संघीय अभियोजकहरूको सहयोगीलाई सम्बन्धित वर्गीकृत चिन्हहरू र काखे सुसांख्य यन्त्र (ल्यापटप)सहित थप कागजातहरू हस्तान्तरण गरेको अनुसन्धानसँग परिचित धेरै स्रोतहरूले सीएनएनलाई बताएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

ट्रम्पका वकिलहरूले “वर्गीकृत साँझ विवरण ” चिन्ह लगाइएका खाली फोल्डर(नत्थी) पनि हस्तान्तरण गरेको स्रोतहरूले सिएनएनलाई बताएका छन ।

ट्रम्पका वकिलहरूले गत डिसेम्बरमा पूर्व राष्ट्रपतिको मारा लागो निवासमा बाकसहरू खोज्दै गर्दा वर्गीकृत चिन्ह(सरकारी गोप्य कागजात )हरू सहितका कागजातहरू फेला पारेका थिए । त्यसपछि वकिलहरूले अमेरिकी न्याय विभागलाई बुझाएका थिए ।

प्रतिक्रिया