अमेरिकाको मिनेसोटाको एक बिद्यालयमा १५ वर्षीय किशोरको छुरा प्रहार गरी हत्या

इनेप्लिज २०७९ माघ २८ गते ०:३५ मा प्रकाशित

अमेरिकाको मिनेसोटा राज्यको सेन्ट पलस्थित माध्यमिक बिद्यालयमा एक १५ बर्षिय किशोरको छुरा प्रहार गरी हत्या भएको छ । प्रहरीले हत्या गरेको आशंकामा एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरी प्रवक्ताले शुक्रबार दिउँसो बताए ।

दुवै किशोरहरु हार्डिङ हाई स्कूल(माध्यमिक बिद्यालय)का बिधार्थी रहेको सेन्ट पल प्रहरी विभागका प्रहरी माइक अर्नस्टरले एक पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भने। उनले दुवै विद्यार्थीको पहिचान गरेको बताएनन भनि सिबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

प्रहरी अधिकारीहरू शुक्रबार बिहान बिद्यालयमा १५ वर्षीय किशोरलाई प्राथमिक उपचार उपलब्ध गराउने बिद्यालयका कर्मचारीहरू भेट्न आइपुगेको अर्नस्टरले बताए । किशोरलाई अस्पताल लगिएको थियो ,जहाँ उनलाई मृत घोषित गरिएको थियो।

अधिकारीहरूले संदिग्धलाई बिद्यालयमा प्रक्राउ गरिएको थियो भने अन्वेषकहरूले छुरा प्रहारको कारण पत्ता लगाउन प्रयास गरिरहेका छन् ।

उक्त घटना पछि विद्यालय तालाबन्दीमा गरिएको र अधिकारीहरूले भवन खाली गरेपछ विद्यालयले विद्यार्थीहरूलाई दिउँसो १:२० मा निकालिएको थियो ।

विद्यालयमा हुने साँझका गतिविधि र सप्ताहन्तका कार्यक्रमहरू रद्द गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया