अमेरिकाको ७५४ मिलियन डलरको पावरबल नामक चिट्ठा वाशिंगटन राज्यका एक टिकट खरिदकर्ताले जिते

इनेप्लिज २०७९ माघ २४ गते १२:०६ मा प्रकाशित

अमेरिकाको प्रसिद्ध पावर बल नामक चिट्ठा गत सोमबार राती खोलिएको छ भने ७५४ मिलियन डलर (७५ करोड डलर)राशिको चिट्ठा वाशिंगटन राज्यका एक टिकट खरिदकर्ताले जितेको सिएनएनले जनाएको छ ।

उक्त वाशिंगटन राज्यमा बिक्रि भएको चिट्ठाको सबै अङ्क मेल खाएको छ । उक्त चिट्ठाइतिहासकै पाँचौं ठूलो राशिको चिट्ठा हो । गत सोमबार खोलिएको चिट्ठाको अंक ५,११,२२,२३,६९ र ७ रहेको छ ।

टिकट धारकले ७५४.६ मिलियन डलर वार्षिक पुरस्कार प्राप्त गर्नेछन् भने यदि नगद लिन चाहेमा ४०७.२ मिलियन डलर एकमुष्ट भुक्तानी प्राप्त गर्ने विकल्प हुने समेत पावरबल व्यवस्थापनले जनाएको छ । यसै गरि दुई वटा मिशिगन र तीन वटा न्यूयोर्कका टिकट खरिदकर्ताले ५ वटा अङ्क मिलाएकोले १० लाख डलर प्राप्त गर्ने छन ।

प्रतिक्रिया