आठ स्रष्टाका आठ हाइकुसंग्रह लोकार्पण

इनेप्लिज २०७९ माघ २४ गते १०:३४ मा प्रकाशित

ललितपुरको सातदोबाटोस्थित युनिभर्सल क्याफेमा नेपाल हाइकु केन्द्र, काठमाडौंले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं प्राध्यापक डा.केदारभक्त माथेमाको प्रमुख अतिथ्य र नेपाल हाइकु केन्द्रका अध्यक्ष प्राध्यापक रामकुमार पाँडेको सभापतित्वमा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका आठ जना स्रष्टाहरुको क्रमशः दिव्य गिरीको ‘भुइँकुहिरोु, नीता श्रेष्ठको ‘नित्य नूर’ पशुपति कर्माचार्य (न्युजिल्याण्ड)को ‘जाईु’ पुरु सुवेदी(अमेरिका) को ‘कमलु’ प्रमोद सारंग (कोरिया) को ‘असर्र्फी‘ मन्जु ज्ञवालीको ‘ट्युलिप’ डा.यादवप्रसाद ढुङ्गानाको ‘सूर्यमुखी र विमल गिरी (बेल्जियम)को ‘सुनाखरी’हाइकुसङ्ग्रहकोे संयुक्त लोकार्पण कार्य सम्पन्न गरिएको थियो । नेपाल हाइकु केन्द्रले प्रकाशन गरेको मोबाइल आकारका ती आठ ओटै हाइकुसङ्ग्रहमाथि हाइजिन मित्रबन्धु पौडेलले टिप्पणी गर्नुभएको थियो ।

आज लोकार्पित हाइकुसङ्ग्रहका स्रष्टाहरू दिव्य गिरी, पुरु सुवेदी, प्रमोद सारंग, मन्जु ज्ञवाली र डा.यादवप्रसाद ढुङ्गानाले विमोचित हाइकुसङ्ग्रहबाट संक्षिप्त मन्तव्यसहित आ–आफ्ना पाँच पाँच ओटा हाइकु वाचन गरेका थिए । उक्त लोकार्पण समारोहमा हाइकुविज्ञ पुष्कर लोहनी, प्रकाश ए.राज, डा.बमबहादुर जिताली, श्रीरामसिंह बस्नेत, सीताराम अधिकारी, गोधूली दिनेश, अशोकमान सिंह, मित्रबन्धु पौडेल, गुप्तबहादुर श्रेष्ठ, विजयराज आचार्य, शान्ति सापकोटा, आदेश आचार्य आदिको उपस्थिति थियो । साहित्य सञ्चार नेपालका प्रचार, प्रसार तथा सूचना संयोजक शिरोमणी दवाडीले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Source :Himalaya diary.com

प्रतिक्रिया