बाल्टिमोरमा बिद्युत आपूर्ति केन्द्र धवस्त पार्ने योजना बनाउने दुई संदिग्धहरु पक्राउ,बाल्टिमोर अन्धकारमय बनाउने योजना विफल

इनेप्लिज २०७९ माघ २३ गते २३:४० मा प्रकाशित

मेरील्याण्ड राज्यको बाल्टिमोरमा संघीय अन्वेषकहरू र स्थानीय प्रहरी अधिकारीहरुले सोमबार बाल्टिमोरको बिद्युत आपूर्ति केन्द्र ( पावर ग्रिड)मा आक्रमणको षड्यन्त्र गर्ने योजनामा लागेका दुई संदिग्धहरूलाई पक्राउ गरी अभियोग लगाइएको छ।

मेरिल्याण्डकी सराह बेथ क्लेन्डानिएल र फ्लोरिडाका ब्रान्डन रसेल नामका संदिग्धहरूलाई पक्राउ गरिएको छ । संघीय अधिकारीहरुका अनुसार मेरिल्याण्ड राज्यको नोरिसभिल, रेस्टरटाउन र पेरी हल नामक शहरहरुमा बिद्युत केन्द्र (ऊर्जा उप केन्द्र )हरूमा गोली हान्ने षड्यन्त्र गरेको आरोप लगाइएको सीबीएस बाल्टिमोरले समाचार लेखेको छ । पक्राउ परे पछि बाल्टिमोर अन्धकारमय बनाउने योजना विफल भएको छ ।

क्याटोन्सभिल, मेरील्याण्डकी क्लेन्डानिएलले फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन(संघीय अनुसन्धान बिभाग)मा आफ्ना योजनाहरू बताएकी थिइन।

अधिकारीहरूले क्लेन्डानिएलले रसलसँग सहकार्य गरिरहेकी बताएका छन् ।

प्रतिक्रिया