फ्लोरिडाको एक बिशाल बजारमा मिजौरीका २ अपहरण गरिएका बालबालिका फेला

इनेप्लिज २०७९ माघ २२ गते २१:०४ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको एक बिशाल बजारमा मिजौरीका २ अपहरण गरिएका बालबालिका फेला परेका छन् ।

अमेरिकाको मिजौरीका करिब एक वर्षदेखि बेपत्ता भएका दुई अपहरण गरिएका बच्चाहरू मध्य फ्लोरिडाको किराना पसलमा एक महिलासँग फेला पारिएको छ । उक्त महिलालाई प्रहरी हिरासतमा लिइएको छ ।

क्रिस्टी गिलीलाई गत बुधबार राज्य बाहिर फरार प्रकाउ पूर्जी जारी गरिएको थियो। अदालतको अभिलेखले ३६ वर्षीय गिलीलाई आइतबार कारागारमा रहेको देखाएको छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

हाई स्प्रिंग्सका प्रहरी अधिकारीहरूले गिली र दुई बच्चाहरूलाई विन डिक्सी सुपर मार्केट( बिशाल बजार)मा गाडी लिएर फरार रहेको सवारी दर्ता संख्या भएको गाडी भेट्टाएको हाई स्प्रिंग्स प्रहरी विभागले एक समाचार विज्ञप्तिमा उल्लेख गरेको छ ।

हाई स्प्रिंग्स गेन्सभिल फ्लोरिडाको उत्तरपश्चिममा २२ माइलमा अवस्थित छ। ती बालबालिका गत बर्ष मार्च देखि क्यानसस सिटी(नगर)को उपनगर मिजौरीको क्ले काउन्टीबाट हराइरहेका थिए।

हाई स्प्रिंग्स प्रहरी विभागले बच्चाहरूलाई फ्लोरिडा बाल र परिवार विभागमा हस्तान्तरण गरिएको र मिजौरी परिवारका सदस्यहरूसँग पुनर्मिलन गरिने बताएको छ।

प्रतिक्रिया