अमेरिकी पावरबल चिट्ठा शनिबार कसैलाई परेन ,भाग्यशालीले ७४७ मिलियन डलर जित्ने

इनेप्लिज २०७९ माघ २२ गते १८:५० मा प्रकाशित

अमेरिकी पावरबल चिट्ठा शनिबार कसैलाई नपरे पछि अबको भाग्यशाली बिजेताले ७४७ मिलियन डलर जित्ने छन गत शनिबार कसैले सबै अङ्क मिलाउन नसके पछि उक्त चिट्ठा फेरी अर्को हप्ता अर्थात् सोमबार खोलिने छ ।

गत शनिबार खोलिएका अङ्कहरु २,८,१५ ,१९ ,५८ र १० रहेका थिए । ७४७ मिलियन डलरको आगामी सोमबार राती खुल्ने अमेरिकी चिट्ठा इतिहासमा नवौं ठूलो चिट्ठा हो ।

७४७ मिलियन डलर बिजेताले २९ बर्ष सम्म वर्ष वार्षिकी मार्फत भुक्तानी लिन सक्नेछन् । यदि नगद लिन चाहेमा ४०३. १ मिलियन डलर प्राप्त गर्नेछन ।

पावरबल अमेरिकाको ४५ राज्यहरूमा खेलिन्छ ।

प्रतिक्रिया