अमेरिका भासिएका विवाहित तथा अविवाहितको घर परिवारले किन सोधी खोजी गर्न जरुरी हुन्छ ?

विजय थापा २०७९ माघ २२ गते १:५५ मा प्रकाशित

अमेरिका गएका जो कोहीको पनि तपाई हामीले कानमा तेल हालेर बस्नु हुन्न । संसार सामाजिक संजालले कहाबाट कहा पुर्याएको जमानामा अमेरिका आएका आफन्त बेपत्ता भए र सम्पर्क बिहिन छन् भने चुप लागेर कहिले बस्नु हुदैन । भए भरका साथीभाई,आफन्त ,छरछिमेक जो कोहीलाई सम्पर्क गरेर भए पनि पत्ता लगाउनु पर्छ ।

नत्र कतै सोध खोज नगरे हामी ढिलो त् हुदैनौ ? नेपालमा तपाई हराउन सक्नु हुन्न तर अमेरिकामा हराउन सक्नु हुन्छ । ठूलो देश । हराउन चाहेमा हराइन्छ ।सवैको प्राथमिकता भनेको अमेरिका र जो पनि अमेरिका आउने कोसिस गर्छन ।

अमेरिका भासिएका विवाहित तथा अविवाहितको किन घर परिवारले खोज गर्नु पर्छ ? अमेरिकामा अबिबाहित या बिबाहित ,पुरुष या महिला बिग्रिन समय लाग्दैन । झन् अमेरिकामा मानिसले कमाउने भएकोले दलदलमा फस्न पनि सक्दछन ।

अमेरिका आएका कैयौ बर्ष सम्म पैसा कमाउन नसकेर बिजोग भएका नेपालीहरु नभएका हैनन् । किन आफ्नो परिवारलाई नेपालबाट ल्याउन ढिलो र आलटाल गर्छ भन्ने बारेमा पनि सोध्नु जरुरी हुन्छ ।

विवाहित र परिवार भन्दा पनि एकल रुपमा आएका पुरुष या महिला लाई निगरानी राख्नु जरुरी हुन्छ । कमाउने उद्धेश्य नै पहिलो प्राथमिकता भएकोले डलरको चस्का लागे पछि मानिस भासिन्छ । पैसा नभई अमेरिकामा अत्यन्तै गार्हो हुन्छ । महानगरीहरु न्यू योर्क ,न्यू जर्सी ,वाशिंगटन डीसी ,सिकागो ,नेभादा ,लस एन्जेलस ,लस भेगास जस्ता ठाउमा जीवन द्रुत गतिमा चलेको हुन्छ ।

दिवा जीवन र रात्री जीवन एकनासे हुन्छ l झन् रात्री जीवन को त कुरै नगरौ । अमेरिकामा पसेका छोराछोरीले परिवारको नाक राख्दछन । तर फाट्टफुट्टले पारिवारिक छबिलाई माटोमा पनि मिलाई दिन्छन ।

अमेरिकामा एकल रुपमा आएका पुरुष या महिलालाई जुनै सुकै कामले आएता पनि नजदिक बाट निगरानी राख्दा राम्रो हुन्छ । कही तपाईका सन्तानहरु कुनै कुलत मा त फसेका छैनन ? दलदलमा त अल्झिएका त छैनन् ?

नेपालमा बसेर अविवाहित या विवाहित पुरुष या महिलाको बारेमा सोधखोज गरे केही बिग्रिदैन । आफ्ना सन्तानले आफ्ना मातापितालाई कहिले ढाटदैनन् । विश्वास गर्नु पर्छ ।तर अमेरिका छिरेका एकल पुरुष या महिला राम्रो मात्र गर्छन भन्ने शास्त्रमा लेखेको हुदैन । सवै भन्दा ठुलो कुरा विश्वास । यसो भन्दैमा अमेरिका आएका छोराछोरी/नातिनातिनी / ज्वाई/बुहारी सवैको चियो चर्चो भन्दा पनि आफन्त भए के कस्तो गर्दै छन् ? सोध्न सकिन्छ ? अमेरिकामा आएका पुरुष या महिला बेपत्ता हुने र अन्त्यमा ठुलो भडखालोमा परेका उदाहरण छन् ।

अमेरिकामा आएका पुरुष या महिला बेपत्ता हुने र अन्त्यमा ठुलो भडखालोमा परेका उदाहरण छन् ।

यस्ता बिशेष महानगरी क्षेत्रमा हुने गर्छ तर गाउँ तर साना शहरमा नहुने भनेको हुदैन । एकदम नजिक बाट थाहा पाउनु पर्छ । सम्पर्कमा नआए पछि आफ्नै सन्तानको जासुसी गर्नु पनि पर्छ ।

अमेरिका एकल रुपमा आएकाले करोड पति या अर्ब पति झैँ गरे भने एक पटक सोच्नु होला । कहाँ बाट ? किन ? कसरी कमायो भन्ने तर्फ जानकारी लिन सक्यौ भने आनन्द हुन्छ । जे भन्यो त्यो कुरा पत्याउने खालको छैन भने आफन्तलाई के गर्दै छ ? कस्तो गरेका छन् ? आदि कसैबाट सोधेमा नराम्रो केहि हुदैन ?

यसरी एकल रुपमा आएका ,परिवार उतै छोडेर आएका पुरुष या महिला माथि पनि नजदिकबाट निहालेर बस्नु पर्छ । यसरी गायव भएर ,शंका स्पद भएमा कुनै मार्फत जानकारी लिनु अपरिहार्य हुन्छ । केवल एकल रुपमा छिरेका बिबाहित पुरुष या महिलाको बारेमा ज्यादा चासो नराखे पनि हुन्छ तर भोलि यसरी एकल रुपमा ज्यादै स्वतन्त्र छोडेमा धेरै ढिलो भएको हुन्छ । निगरानी नजिकबाट राख्नु पर्छ । आँखा घुमाउनु पर्छ नत्र फेरी जीवन भर चुक्नु पर्ने पनि हुन्छ ।

यसरी एकल रुपमा आएका नेपालीहरुका सन्तान पुरुष या महिलाहरु थुप्रै काण्डमा मुसिएका हुन्छन । एकल रुपमा छिरेका पुरुष या महिलाले आत्महत्या गरेका छन् । बिद्यार्थीहरुले पनि स्वयम्ले पासो लगाई आत्म हत्या गरेका छन् । छोरा/छोरीले कमाउला र खुवाउला भनेर नेपालमा प्रतिक्षा गर्यो अर्को बिहे गरेर बिजोक बनाउने पुरुष या महिला पनि छन् ।

छोरा/छोरीले कमाउला र खुवाउला भनेर नेपालमा प्रतिक्षा गर्यो अर्को बिहे गरेर बिजोक बनाउने पुरुष या महिला पनि छन् ।

१० देखि ५० बर्ष सम्म पनि कुलतमा फसेर र मानिसको दिमागमा किरा परेर बलत्कार काण्डमा परि बर्षौ बर्ष कारागार जाने पनि नेपाली छन् । ठगेर ,लागु पदार्थ सेवनमा परेर या महिलाहरु पनि कुलतमा फसेर र पैसाको पछाडी लागेर परिवार र समाजको नाक कटाउने एकल पुरुष या महिलाहरु पनि छन् ।

स्मरण रहोस ,अमेरिकामा काम नगरी जीवन चलाउन सकिदैन । त्यति मात्र हैन ,अमेरिका एकल या विवाहित पुरुष या महिलाले यतै घरजम गरेर नेपालमा छोडेर आएका सन्तानलाई कन्त बिजोग बनाएका नेपालीहरु पनि छन् । अमेरिकामा काम नगरी कोही पनि बस्दैन र बस्नु पनि हुदैन । व्यवसायी झैँ ब्यापारको सिलसिलामा नेपाल आवत जावत गर्ने प्रसस्त नेपालीहरु अब अमेरिकामा देखिन्छन । हजारौ हजार नेपालीहरु ब्यबसायमा संलग्न छन् । कामै नगरेर पनि घरको सबै खर्च चलाई रहेका महिला तथा पुरुषहरु हुन्छन भन्ने सुनिन्छ । यो पंक्तिकार यस कुरामा विश्वस्त छैन ।

कामै नगरेर पनि घरको सबै खर्च चलाई रहेका महिला तथा पुरुषहरु हुन्छन भन्ने सुनिन्छ । यो पंक्तिकार यस कुरामा विश्वस्त छैन ।

अमेरिकामा काम नगरी कसरी मुखमा माड लगाउन सकिदैन । यस्तो भएमा तपाईहरुले आफ्ना परिवारको बारेमा जान्न जरुरी हुन्छ ।

अमेरिका आएका सवै सप्रिएका मात्र छैनन् । आमा बुवाको लागि बोझ बनेका छन् । समग्रमा सवै नेपालीले अमेरिका आउन पाउन पंक्तिकारको शुभकामना छ । अमेरिका आएका एकल पुरुष या महिलाले आफ्ना सम्पूर्ण परिवारको ख्याल गर्न दिमाग पुगोस । कही दाग नलागोस । सकारात्मक विचार उत्त्पन्न हुन् ।

तथापी आफ्ना सन्तान बिशेष गरि एकल रुपमा अमेरिका आएका पुरुष या महिला /छोरा छोरी/ हरुको नजदिकबाट निगरानी राख्न सकौ । एकल रुपमा अमेरिका छिरेका आफ्ना सन्तानबाट कसैले आँशु बगाउन नपरोस । कुनै पनि सन्तानले विश्वासघात नगरुन ।

जे गर्नुस ! तर निगरानी चै राख्न पाइयोस ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया