इटालीका १६ वर्ष देखी फरार रहेका अपराध समूहका एडगार्डो ग्रेको पक्राउ , पिज्जा चमेनागृहमा काम गर्दै

इनेप्लिज २०७९ माघ २१ गते १२:२६ मा प्रकाशित

इटालीका १६ वर्ष देखी फरार रहेका माफिया एडगार्डो ग्रेकोलाई गरिएको छ ।

इटालीको सबैभन्दा शक्तिशाली संगठित अपराध समूहहरू मध्ये एक, ‘एनड्राङ्गेटा सिन्डिकेट’सँग सम्बन्धित रहेको आशंकामा एक इटालियन फरार र दोषी ठहरिएका हत्यारालाई फ्रान्सको पिज्जा चमेनागृहमा काम गरेको वर्षहरू सहित १६ वर्षभन्दा बढी फरार पछि यस हप्ता पक्राउ गरिएको इन्टरपोल अन्तर्राष्ट्रिय प्रहरी निकायले जनाएको छ ।

इटालीका फरार रहेका ६३ वर्षीय एडगार्डो ग्रेकोलाई बिहीबार इटाली र फ्रान्सेली अधिकारीहरूको समन्वयमा सेन्ट-एटिन शहरबाट पक्राउ गरिएको इन्टरपोलले जनाएको छ भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

ग्रेकोलाई १९९० को दशकको सुरुमा “माफिया युद्ध” को समयमा दोहोरो हत्या र हत्या प्रयास सहितको आरोपमा इटालीमा अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो।

जनवरी १९९१ मा कोसेन्जा शहरको माछा बजारमा कुटपिट गरी मारिएका दाजुभाइ स्टेफानो र ज्युसेप्पे बार्टोलोमेओको हत्यापछि गिरफ्तार वारेन्ट (पक्राउ पुर्जी)जारी भएपछि ग्रेको सन् २००६ मा अस्थायी प्रहरी हिरासतबाट भागेका थिए ।

प्रतिक्रिया