मेरिल्याण्डको जर्मनटाउन शहरमा किशोर माथि कैयौ गोली प्रहार

इनेप्लिज २०७९ माघ २० गते १२:३१ मा प्रकाशित

मेरिल्याण्डको जर्मनटाउन शहरमा किशोर माथि कैयौ गोली प्रहार गरिएको प्रहरीले जनाएका छन् ।

गत बिहीबार साँझ मेरिल्याण्डको जर्मनटाउन शहरमा धेरै पटक गोली हानेपछि एक किशोरको अवस्था गम्भीर रहेको प्रहरी बिभागले जनाएको छ।

अधिकारीहरूले १६ वर्षीय किशोरलाई डेमेट्रियास वे (मार्ग)को १३३०० घर समूह मा बेलुका ४:१५ बजे घाइते अवस्थामा फेला पारेको मोन्टगोमेरी काउन्टी प्रहरीले जनाएको छ। चिकित्सकले उनलाई अस्पताल लगेका छ भने उनको उपचार भै रहेको एनबिसी४ ले बताएको छ ।

दुई सम्भावित संदिग्धहरू क्षेत्रबाट भागेको प्रहरीले बताए भने प्रहरीले शंकास्पद कसैलाई पनि पक्राउ गरेको छैन ।

प्रतिक्रिया