अस्ट्रियाद्वारा ४ रुसी कूटनीतिज्ञलाई देश निकाला

इनेप्लिज २०७९ माघ १९ गते १२:१६ मा प्रकाशित

अस्ट्रियाले ४ रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने भएको छ ।

साथै अस्ट्रियाले चार रुसी कूटनीतिज्ञको कूटनीतिक हैसियत खारेज गरेको छ । उनीहरूलाई देश छोड्न एक हप्ताको समय दिएको छ।

अस्ट्रियाको विदेश मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै भियनास्थित दूतावासका दुई रुसी कूटनीतिज्ञहरू “उनको कूटनीतिक हैसियतसँग मेल नखाने कार्यमा संलग्न भएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्र संघका लागि देशको स्थायी नियोगमा रहेका थप दुई रुसी कूटनीतिज्ञहरूले पनि “मुख्यालय सम्झौतासँग असंगत कार्यहरू गरेपछि अस्ट्रिया छोड्नु पर्छ,” विज्ञप्तिमा थपिएको छ।

मन्त्रालयले विज्ञप्तिमा ती कार्यहरू के हो भने खुलाएको छैन भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया