डिसीको रेलस्थानक (मेट्रो स्टेसन)मा भएको गोलीकाण्डमा रेलस्थानकका एक कर्मचारीको निधन, तीन जना घाइते

इनेप्लिज २०७९ माघ १९ गते ०:३२ मा प्रकाशित

अमेरिकाको राजधानी डिसीको महानगरीय रेलस्थानक (मेट्रो स्टेसन )मा गोलीकाण्ड हुँदा फेब्रुअरी १ बुधबारका दिन महानगर रेलस्थानकका एक कर्मचारीको निधन भएको छ । एबिसी७न्यूजका अनुसार आज बिहान पोटोम्याक एभिन्यू स्टेशन( रेलस्थानक)मा गोली चल्दा महानगर कर्मचारीको मृत्यु र तीन जना घाइते भएका छन् ।

उक्त स्थानमा बन्दुकधारीसँग झगडापछि बुधबार एक महानगरीय पारवहन कर्मचारीलाई गोली हानी मारिएको महानगरीय प्रहरी विभागले जनाएको छ।

गोलीबारी दक्षिणपूर्वी डीसीको पोटोमाक एभिन्यू(मार्ग)को १४०० भवन समूहमा बिहान ९ बजेको केही समय अघि घटना भएको विभागले बताएको छ ।

संदिग्ध महानगरीय यात्रीयान (मेट्रोबस)बाट ओर्लिएर एक व्यक्तिसँग विवादमा परेपछि घटना सुरु भएको प्रहरीले बताएको छ । त्यसपछि उनी पोटोमाक एभिन्यू स्थानक (स्टेसन)मा प्रवेश गरे र महानगरीय पत्र (मेट्रो कार्ड )किन्ने एक व्यक्तिसँग झगडा गरे र उनको खुट्टामा पनि गोली हाने। दुबै घाईतेलाई क्षेत्रीय अस्पतालमा ल्याईएको छ ।

कथित रूपमा दुई जनालाई गोली हानेपछि संदिग्ध अर्को स्थानमा गएर महिलासँग झगडा गरे । त्यस समयमा दुई वाशिंगटन महानगरीय क्षेत्र पारवहनका कर्मचारीहरूले हस्तक्षेप गरे र एकजना संदिग्धले गोली हानेका थिए ।

प्रहरीले ६४ वर्षीय रोबर्ट कनिङ्घमलाई घटनास्थलमै मृत घोषित गरेको मेट्रो कर्मचारीले जनाएको छ । महानगरका अर्का कर्मचारीको हातमा चोट लागेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया