अध्यावधिक गरिएको : पाकिस्तानमा मस्जिद विष्फोटमा मृत्यु हुनेको संख्या ९२ पुग्यो

इनेप्लिज २०७९ माघ १७ गते ११:४९ मा प्रकाशित

अध्यावधिक गरिएको : उत्तरपश्चिमी पाकिस्तानको एक मस्जिदमा सोमबार भएको संदिग्ध आत्मघाती बमबाट मृत्यु हुनेको संख्या कम्तिमा ९२ पुगेको छ। पहिले २८ जनाको ज्यान गएको त्यस पछि ५९ जनाको मृत्यु भएको जनाईएको थियो भने सिएनएनले अहिले कूल मृतकहरुको संख्या ९२ पुगेको समाचारमा लेखेको छ ।

सुरुमै २८ जनाको मृत्यु हुँदै संख्यामा वृद्धि हुने अधिकारीले बताएका थिए । यो घटना पाकिस्तानमा सबैभन्दा घातक हमलाहरू मध्ये एक हो ।

पेशावरका प्रहरी उप आयुक्त शफिउल्लाह खानले मंगलबार मृत्युको पुष्टि गरे र शहरको एक प्रहरी परिसरमा रहेको मस्जिदमा भएको विष्फोटपछि ८० भन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको बताए।

विस्फोटमा आफ्नो खुट्टा भाँचिएको र तीन घण्टासम्म भग्नावशेषमा फसेको खानले बताए । छत खसेको कारण मृत्यु संख्या अत्यधिक वृद्धि भएको हो ।

शक्तिशाली विस्फोटमा मस्जिदका सिसाका झ्यालहरू र मस्जिदका पर्खालहरू टुक्रा-टुक्रा भएको अङ्कियदृश्य(भिडियो)मा देखाईएको छ । “हामी कोही पनि जीवित भेटिने आशा गर्दैनौं। अधिकांश मृतकको शव निकालिएको छ,” उद्धार प्रवक्ता बिलाल फैजीले मंगलबार भने।

प्रतिक्रिया