फ्लोरिडाको लेकल्याण्ड गोलाबारी हुँदा १० जना घाइते ,२ जनाको अवस्था गम्भीर

इनेप्लिज २०७९ माघ १७ गते ०:३९ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको लेकल्याण्ड गोलाबारी हुँदा कम्तिमा ९ जना घाइते भएको लेकल्याण्ड नगरले एक बिज्ञप्ति मार्फत जानकारी गराएता पनि प्रहरीले १० जना घाइते भएको बताए ।

प्रहरीले सुरुमा नौ जना घाइते भएको बताए पनि पछि थप एक जना घाइते भएको जनाए । जस मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जना खतरामुक्त रहेको उक्त बिज्ञप्तिमा जनाईएको छ ।

गम्भीर घाइते दुई जनाको शल्यक्रिया भइरहेको प्रहरीले बताए भनि वेसडटकमले समाचारमा उल्लेख गरेको छ ।

प्रहरीले घटनास्थलमा ठूलो मात्रामा गाँजा फेला परेको तर यो सम्बन्धित छ कि छैन भन्ने थाहा नभएको बताए। गोली प्रहारमा चारजना संदिग्धको संलग्नता रहेको आशंका गरिएको छ । लेकल्याण्डका प्रहरी प्रमुखले समुदायमा यस्तो भएकोले आफू स्तब्ध भएको बताए।

नगरले दिएको जानकारी अनुसार उक्त घटना भए पछि प्रहरी अधिकारीहरूलाई उत्तर आयोवा मार्ग (आयोवा एभिन्यू नर्थ) र प्लम स्ट्रिट(गल्ली)नजिकको स्थानमा लगभग ३:४३ मिनेटमा बोलाइएको थियो।

अहिले ७ बजे संक्षिप्त पत्रकार सम्मेलन समेत भएको छ ।

प्रतिक्रिया