ओरेगनमा बिधुतिय प्रेमचक्करमा फसाई अपहरण र कुटपिट गर्ने एक संदिग्धको प्रहरीद्वारा व्यापक खोजतलास ,समुदायलाई चेतावनी

इनेप्लिज २०७९ माघ १५ गते २०:३२ मा प्रकाशित

अमेरिकाको ओरेगन राज्यको ग्रान्ट्स पासमा बिधुतिय प्रेमचक्करमा फसाई एक महिलालाई अपहरण र कुटपिट गरेको आरोपमा प्रहरीले संदिग्धको व्यापक खोजतलास गरि रहेको सिएनएनले जनाएको छ ।

साथै ओरेगनका अधिकारीहरूले ३६ बर्षिय संदिग्ध बेन्जामिन ओबादियाह फोस्टर रहेको र उनले बिधुतिय माध्यमबाट स्त्री र युवतीहरुलाई अझै अनेक जुक्ति गरि फसाई रहेकोले प्रहरीले सबैलाई सतर्क र सावधान हुन् अनुरोध गरेको छ ।

संदिग्ध अहिलेसम्म पक्राउ हुनबाट जोगिएका छन् भने तर उनि अझै प्रेम तिथि निर्धारण (डेटिंग)सेवाहरूमा सक्रिय देखिन्छन् भनि ग्रान्ट्स पास प्रहरी विभागले गत शुक्रबार एक विज्ञप्तिमा सबैलाई जानकारी गराएको छ ।

अधिकारीहरूले एउटी महिलालाई बेहोस अवस्थामा बाँधिएको र गम्भीर रूपमा कुटिएको अवस्थामा फेला पारे पछि फोस्टरको खोजी गत मंगलबार देखि सुरु गरिएको छ ।

उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको र संदिग्ध फरार भएको प्रहरीले भने। विभागका अनुसार अधिकारीहरूले संदिग्ध व्यक्तिको खोजी गर्दा एक ६८ वर्षीया महिलालाई “अभियोगमा बाधा पुर्‍याएको” भनेर पक्राउ गरिएको थियो।

फोस्टरको बारेमा जानकारी दिने व्यक्तिलाई २,५०० डलर इनाम दिने प्रस्ताव गरिएको छ। उनीलाई अपहरण, ज्यान मार्ने उद्योग र कुटपिट गरेको आरोपमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर कृतज्ञता :ग्रान्ट्स पास प्रहरी बिभाग

प्रतिक्रिया