बाल्टिमोरमा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते: प्रहरी

इनेप्लिज २०७९ माघ १५ गते १२:४१ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा शनिबार एक जना यात्रुलाई गोली हान्दा सवारी साधन दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घटनामा दुई बालबालिका घाइते भएको प्रहरीले जनाएका छन् ।

घटना साँझ ६ः३९ बजे भएको थियो । जब एक महिला आफ्नो सवारी साधन (कार)चलाई रहेको समयमा गोली हानिए पछि दुर्घटना भएको प्रहरीले बताए ।

बाल्टिमोरको पेन्सिलभेनिया एभिन्यू(मार्ग) र लरेन्स स्ट्रीट(गल्ली)को चौकमा उक्त घटना घटे पछि बाल्टिमोरका प्रहरीहरु त्यहा पुगेका थिए । घटनास्थलमा दुई वयस्क पुरुष, एक वयस्क महिला, र एक २ वर्षीय बालक फेला परेका थिए । ती सबैलाई बन्दुकको गोली लागेर चोटपटक लागेको थियो।

चिकित्सकहरूले पीडितहरूलाई क्षेत्रीय अस्पतालमा पुर्‍याएका थिए भने जहा एक वयस्क पुरुष पीडितलाई मृत घोषित गरियो। साथै वयस्क महिला र अन्य वयस्क पुरुष गम्भीर अवस्थामा रहेका छन् ।

२ वर्षीय बालकको अवस्था स्थिर रहेको बताइएको छ ।

गोली लागेर सवारी साधन (कार)दुर्घटनामा परी घाइते भएका ६ वर्षीय बालक थप घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया