क्यालिफोर्नियाको बेभर्ली क्रेस्टमा गोली चल्दा ३ जनाको मृत्यु, ४ घाइते: प्रहरी

इनेप्लिज २०७९ माघ १५ गते १:५९ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको बेभर्ली क्रेस्टमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ४ घाइते भएको प्रहरीले जनाएका छन् । गोलाबारी शनिबार बिहान लस एन्जलसको छिमेकमा भाडाको घरमा भएको थियो।

गोलाबारी बेभर्ली क्रेस्ट छिमेकमा बिहान २:३० बजे भएको थियो। यो महिनामा मात्र क्यालिफोर्नियामा कम्तिमा छैटौं सामूहिक गोलाबारी हो।

घाइते चारमध्ये दुईजनालाई निजी सवारीसाधनमा इलाका अस्पताल र दुईजनालाई रुग्ण वाहिनी (एम्बुलेन्स)मार्फत लगिएको प्रहरी प्रवक्ता ब्रुस बोरिहानले भने। दुई जनाको अवस्था गम्भीर र दुईको अवस्था स्थिर रहेको बोरिहानले बताए । पीडितको उमेर र लिङ्ग तत्काल सार्वजनिक गरिएको छैन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

अन्वेषकहरूका अनुसार भाडाको घरमा भोजको आयोजना गरिएको थियो । तर कस्तो प्रकारको भेला भइरहेको थियो भनि प्रहरीले निर्धारण गर्न खोजिरहेको बोरिहानले भने। बोरिहानले संदिग्धहरुको बारेमा प्रहरीलाई कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया