जाग अमेरिका ! – मोर्गन स्टेट यूनिवर्सिटीका प्रेसिडेन्ट डेविड विल्सनको एक सन्देश

इनेप्लिज २०७९ माघ १५ गते ०:३४ मा प्रकाशित

प्रहरीको कहरमा मेम्फिस टेनिसिमा निकोलस टायरीको हत्याको भिडियो सार्वजनिक भएपछि नागरिक अधिकार आन्दोलनका अग्र अभियन्ता मोर्गन स्टेट यूनिवर्सिटीका प्रेसिडेन्ट डेविड विल्सनले आफ्नो विश्वविद्यालय परिवारलाई सम्बोधन गर्दै यस्तो एक सन्देश दिएका छन।

सम्बोधनको पूर्ण पाठको नेपाली अनुवाद यहॉं छ :

प्रिय मोर्गन परिवार !

अमेरिकाको टेनेसी राज्यको मेम्फिसमा एउटा भयानक घटना घटेको छ । अहिले सम्म तपाई मध्ये धेरैलाई टायरी निकोल्सको मृत्युको कारण भएको दर्दनाक घटनाको प्रसारित भिडियो रेकर्डिङको बारेमा थाहा होला। म तपाईलाई दृढतापूर्वक यसलाई नहेर्न प्रोत्साहन गर्छु ।

“आमा” को रोदन सधैंभरि मेरो साथ रहनेछ, किनकि यी दर्दनाक शब्दहरू हुन् टायरी निकोलको । क्रूरताबाट बचाउनको लागि आफ्नी आमालाई उनले असाध्यै बोलाए। अस्वेत मानिसले आफ्नी आमालाई बोलाएको वा पीडासाथ “म सास फेर्न सक्दिन” भनेर रोएको सुन्नु चिन्ताजनक कुरा हो। यी दु:खद घटनाहरूमा क़ानूनका रक्षक मानिएका प्रहरीको संलग्नता जारी रहेको तथ्य पनि धेरै चिन्ताजनक छ।

एक छोराको जैविक पिता र मोर्गनका ९,३५० छोरा र छोरीहरूको धर्मपुत्रपुत्रीको रूपमा यो हत्याको दृश्य निकै क्रुर र भावनात्मक छ । अन्धविश्वासपूर्ण हिंसा र यति सम्म अमानवीय हुन सक्छ भन्ने थाहा पाउँदा अत्यन्तै भावुक हुन् बाध्य पारेको छ । हामीले समाजको रूपमा राम्रो गर्नुपर्दछ। हामीले मानव जीवनको कदर गर्नुपर्छ।

मोर्गन परिवारले टायरीको आत्माको चिर शान्तिको कामना गर्दै उनको सम्पूर्ण परिवारसँग हामी पनि शोकमा छौं भनि बिज्ञप्तिमा उल्लेख गरेको छ ।

जाग, अमेरिका ! हामी बिस्तारै बाटो हराउँदैछौं।

म स्मरण गर्न चाहन्छु कि जीवनमा सबै कर्तव्यपूर्ण चीजहरूमा जस्तै हामी प्रत्येकले आफ्नो तर्फबाट उत्कृष्ट गर्न सक्छौं ।

र यसैले, आजको दिन मोर्गनवासीहरूलाई मेरो चुनौती छ। तपाईहरु अझै दह्रो बन्नुहोस र यस राष्ट्रको दिशा परिवर्तन गर्न प्रतिबद्ध हुनुहोस !

प्रतिक्रिया