जनवरी ६ मा संसदका प्रहरीलाई आक्रमण गर्ने र दंगा गर्ने व्यक्तिलाई ६ वर्ष भन्दा बढी कारागार सजाय

इनेप्लिज २०७९ माघ १४ गते १३:१० मा प्रकाशित

जनवरी ६ ,२०२१ मा अमेरिकाको संसदमा राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति हुनबाट बन्चित गर्न आयोजना गरिएको बिद्रोह र संसदमा भएको दंगामा संसद प्रहरी ब्रायन सिकनिकलाई आक्रमण गर्ने र दंगा गर्ने व्यक्तिलाई ६ वर्ष भन्दा बढी कारागार सजाय सुनाईएको छ।

संयुक्त राज्य अमेरिकाको क्यापिटल प्रहरी अधिकारी सिकनिकलाई जनवरी ६ , २०२० मरिच फोहोरा (पेपर स्प्रे)ले आक्रमण गर्ने एक व्यक्तिलाई गत शुक्रबार ८० महिनाको झ्यालखाना सजाय सुनाइएको छ।

जुलियन खाटरले गत सेप्टेम्बरमा खतरनाक हतियारका साथ अधिकारीरहरूलाई आक्रमण गर्ने, प्रतिरोध गर्ने वा अवरोध गर्ने दुईवटा मुद्दामा दोषी स्वीकार गरेका थिए । त्यस्तै उनका सह-प्रतिवादी, जर्ज टानियोसले गत ग्रीष्ममा उच्छृंखल आचरण र प्रवेश गर्न प्रतिबन्धित भवनमा बसेकोमा दोषी स्वीकार गरेका थिए ।

खाटरलाई १० हजार डलर जरिवाना र २ हजार डलर क्षतिपूर्ति दिन समेत आदेश दिइएको छ ।

आक्रमणको भोलिपल्ट सांसदका प्रहरी सिकनिकको मृत्यु भएको थियो । सिकनिकका परिवारहरु सुनुवाईमा उपस्थित थिए । साथै प्रहरीहरु पनि आफ्नो पोशाक मै आएका र अदालत भरिएको थियो ।

प्रतिक्रिया