अमेरिकाको मेरील्याण्डमा हप्ताको चार दिन मात्र काम गर्न पर्ने ऐन प्रस्ताव

इनेप्लिज २०७९ माघ १२ गते १२:०३ मा प्रकाशित

अमेरिकाको मेरील्याण्डमा हप्ताको चार दिन मात्र काम गर्न पर्ने एउटा अग्रगामी कार्यक्रम प्रस्ताव भएको छ । मेरील्याण्डको महासभामा नयाँ बिधेयक (बिल)ले निजी र सार्वजनिक दुवै क्षेत्रमा सरकारी कर्मचारीहरूका लागि चार-दिन मात्र काम गर्न पर्ने प्रोत्साहन गर्ने उद्धेश्यले एउटा मार्गदर्शी (पायलट )कार्यक्रम प्रस्ताव गरेको छ।

मेरील्याण्डका सांसदहरूले भर्खरै महासभामा विधेयक पेश गरेका छन् ।

मेरिल्याण्ड राज्यको बिधान सभा (हाउस बिल )१८१ ,२०२३ को चार दिने कार्यहप्ता ऐनले राज्य र नगरपालिका सरकारी निकायहरूका कर्मचारीहरूलाई हप्ताको चार दिन मात्र काम गर्नको लागि प्रोत्साहित गर्नेछ। यदि पारित भएमा दुई वर्षे अग्रगामी (पायलट )कार्यक्रम जुलाई १ मा सुरु हुनेछ भने २०२८ मा समाप्त हुनेछ।

कामदारहरूलाई छोटो कार्य सप्ताहमा बदल्नको लागि उनीहरुलाई प्रोत्साहन गर्न निजी व्यवसायहरूलाई राज्य कर क्रेडिट(ऋण) प्रदान गरिनेछ भनि स्थानीय पत्रिका डब्लुयुएसए९ ले समाचारमा उल्लेख गरेको छ ।

श्रम विभागले रोजगारदाताले उपलब्ध गराएको परिणामको आधारमा कर क्रेडिट(ऋण) रकम निर्धारण गर्नेछ। ऋण (क्रेडिट)७५,०००.०० भन्दा बढी हुने छैन।

विधेयकले राज्यको श्रम विभागलाई प्रत्येक डिसेम्बरमा परिवर्तनकालको निष्कर्ष सहित गभर्नर र साधारण सभालाई प्रतिवेदन दिन आवश्यक छ। दुवै सदनका एउटै विधेयक समितिमा पठाइएको अधिकारीहरूको दाबि छ भनि डब्लुयुएसए९ ले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया