मैले गल्ती गरेको छु होला जीवन…………

इनेप्लिज २०७९ माघ १ गते १०:३६ मा प्रकाशित

मैले गल्ती गरेको छु होला जीवन पिडामा पुर्‍याउने
गरेको रहेछु काम तिम्रो त्यो कोमल मनलाई रुवाउने
छ मेरो मनको साइनो तिमि सँग लगाउने रहर
मनमा के के कुरा खेलेको रहेछ जानेछु सबै भनेर

अनेक खेल भयो मायाको माया जालमा परे
मन बाट के सोच पैदा भयो भनूँ म कसरी
तिमिलाई भेटेर नबोली सुख पाइन
के थियो भन्नुपर्ने केही थाहा पाएको छैन

विश्वास मनमा राखी विश्वासमा बसिरहे
अनेक दुःख कष्टहरू सबै सहिरहे
सोच्दै छु मैले जीवनलाई नयाँ तरिकाले कसरी जिउने
मैले गल्ती गरेको छु होला जीवन पिडामा पुर्‍याउने

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया