पुस्तक समिक्षा: आकाश यात्रा ( सङ्घर्ष र अनुभूति )

सुशील निरौला २०७९ पुष २६ गते २३:२९ मा प्रकाशित

लेखक: क्याप्टेन डिआर निरौला
प्रकाशक: घोस्ट राईटिङ नेपाल
प्रथम संस्करण: २०७६ साल
मुल्य: रु ३५०/-
पृष्ठ: १९६ ( कभर पृष्ठ समेत )
आकाशको यात्रामा “ your first mistake is the last

one” भन्नेमुलमन्त्रलाई आत्मसात गर्दै ५१ बर्षमा २८ हजार घन्टा विना गल्ति आकाश यात्रागरेर आज पनि सक्रिय जीवन विताईरहेका क्याप्टेन दधिराम निरौलाको सङ्घर्ष रअनुभूतिको आत्मकथा हो यो पुस्तक।

त्यही भएर होला यस पुस्तकका प्रकाशकघोस्ट राईटिङ नेपालका तर्फवाट कमल ढकाल आफ्नो प्रकाशकीय मन्तव्यमाभन्छन् -हिडने लडिहाल्छ नि । लडेर नै उठने हो भन्ने कुरा आकाशमा लागु हुदोरहेनछ ।

यदि लडेको भए कहिल्लै प्लेन नचडेको मान्छे पहिलो पल्ट प्लेन चडेरपाईलट पढन गएको कथा देखी हिजो र आजको नेपाली आकाश यात्राकाउकाली र ओरालीहरुको यो कथा हामीले पढन पाउने थिएनौ ।

एउटा दस्तावेज भन्दै लेखक पुस्तक लेखाईको वारेमा भन्छन-
म कहाँ जन्मे र कहाँसम्म पुगे, म के थिए र आज के छु , मैले जीवन कसरी भोगे र मैले संसारमा के केदेखे र के के गरे यो पुस्तक मार्फत व्यक्त गरेकोछु भन्दै पुस्तकको बिषयलाईप्रष्ट्याउन खोजेका छन् जस्ले पुस्तकको बिषय प्रवेश गर्न पाठकलाई मार्गनिर्देशगरेकोछ ।

पुस्तकको सुरुवात लगवुक शिर्षकवाट गरिएकोछ ।

जहाँ लेखकले पाईलटकोतालिम लिदाँ पहिलो पल्ट एक्लै जहाज उड़ाए देखि रिटार्यड हुनु पुर्व अन्तिम पटकजहाज़ उडाएको तिथीमिति, जहाजका किसिम र अवधी पनि उल्लेख गरेका छन् ।

शायद यी सबै विवरण सामान्य व्यक्तिले डायरीमा लेखे जस्तो पाईलटले आफ्नोलगबुकमा लेख्ने गरेकोले शिर्षक लगवुक दिएको हुनुपर्दछ ।

यस पुस्तकलाई लेखकले तीन भागमा बाँडेका छन् ।

पहिलो भागमा आफ्नोबाल्यकालका सर्घषशील जीवन विचको तिता मिठा पलहरुको संझना गरेका छन्भने अध्ययनको लागी संखुवासभा देखि बनारस, काठमाण्डौ र पाकिस्तानसम्मको यात्रा र त्यहाँ भोगेको जिवन र पाएको असफलता र सफलताको कथापस्केका छन् ।

पाईटल पढेर आएपछि जागिरको लागी बेल्नु परेको पापड, जागिरमा पाएको अपमान र असजिलाहरु विच हासिल गरेको सफलता रसन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली आकाशमा केही समय चम्केको नेकोनएयरको सफलता र अवसानको कथा पनि सुनाएका छन् ।

यस बाहेक नेपाली रभारतीय आकाशमा आफुले बिताएका विभिन्न पलहरुलाई समेत संस्मरण गरेकाछन् ।

भाग दुईमा जहाज उडाउदाँ आकाशमा आईपरेका आपतहरु र त्यसलाईकुशलताका साथ सम्हालेका घटनाहरुलाई उल्लेख गरेका छन् ।

विमान उडाउदाँप्राविधिक पक्ष र मौसमका कारण उडानमा बिलम्ब हुदां यात्रुको गुनासा रपाईलटका ईगोले सृजना गर्ने असहजता, प्रतिकुल मौसममा उडान गर्ने जोखिमलिदाँ आई परेको डर त्रास र भवितव्यको चर्चा, आकाशमा प्राविधिक गढवढी तथाआकस्मिक मौसम परिवर्तनका कारण तत्काल लिनु पर्ने आपत्कालिन निर्णयमाचुक हुदाँ भोग्नु पर्ने भयावह अवस्थाको कल्पना गरेका छन् र त्यस्तो अवस्थामाआफुले लिएको सही निर्णयवाट दुघर्टना हुन जोगिएको घटनालाई ‘छैठौं ईन्द्रियलेबचायो’ र ‘भगवानले हात थापेको दिन’ भनेर उल्लेख गरेका छन् ।

यसका अतिरिक्त आफु पाईलट भएकोमा आफ्नो जिल्लावासीले दिएकोसम्मानवाट खुशी भएको जनाएका छन् । आफ्नो सानो चुकवाट झण्डै जागिरगुमाउनु परेको घटनालाई पनि संस्मरण गरेका छन ।

कार्यक्षेत्रमा कार्यरत रहदाँकोएक घटनाको संझना गर्दै महिला आफु ठिक भए कसैले केही गर्न नसक्ने र पुरुषलेपनि आफ्नो मर्यादा बिर्सनु हुदैन भन्दै आफ्ना सहकर्मीको सम्मान गर्नु पर्ने आग्रहगर्दछन् ।

भाग तीनमा विमान चालकको रुपमा आफुले उडाएको विमानमा विभिन्न विशिष्टव्यक्तिहरुलाई उडाउन पाउँदाको सन्तुष्टि र जिम्वेवारीबोधको चर्चा गरेका छन्।

राजनैतिक प्रतिकूलता रहेको समयमा पनि विपक्षी खेमाका नेता विपीकोईरालालाई जम्पसिटमा राखेर उडाउने निर्णय लिदाँ पाएको सन्तुष्टि र डरव्यक्त गरेका छन् भने तत्कालिन राजा रानीको शाही उडानमा क्याप्टेनको रुपमाउड़ान गर्न र शाही दम्पतिसंग भेट गर्न पाएको अवसरको मिठो संझना गरेका छन् ।

क्याप्टेनसाव, सुरक्षित र सहज अवतरणको लागी धन्यवाद भन्दै हात मिलाएरमात्र प्लेनवाट ओर्लने वानी भएका तत्कालिन नेपाली राजनितिका एक प्रमुखहस्ति गिरिजा प्रसाद कोईरालाको प्रंशसा गर्दै ‘धेरै उडाईयो गिरिजाबाबुलाई’

भन्दै उनी प्रतिको सम्मान व्यक्त गरेका छन् ।

तत्कालिन प्रधानमंत्री सुर्य बहादुरथापा चडेको विमानमा प्राविधिक खराबीका कारण फोर्स ल्याण्डिङ गर्नु परेको रप्रधानमन्त्रि सहित सबै यात्रुहरुलाई सकुशल बचाउन सकेको घटनावाट आफुलेपाएको चर्चा, सम्मान र पुरस्कारको संस्मरण गरेका छन् ।
त्यस्तै तत्कालिनअमेरिकी Firstlady हिलारी क्लिन्टन र उनकी छोरीको नेपाल भ्रमणको क्रममाप्रयोग भएको विमानको चालक दलको नेतृत्व गर्न पाएको अवसरलाई आफ्नोसफलताको मानकको रुपमा प्रस्तुत गरेका छन ।

यस बाहेक आफुले नजानेको क्षेत्रमा हात हाल्दा भोगेको दुखलाई “ हाईड्रोकाहैरानीहरु “ भन्दै भोगेका समस्याहरुको बयान गरेका छन् भने नजानेको क्षेत्रमाहात नहाल्न सल्लाह पनि दिएका छन् ।

आफ्नो जीवनको उतार चडावलाई संक्षेपमा संस्मरण गर्दै जहाँ छौ, जे छ त्यहीवाटसुरु गर, जे सक्छौ त्यही गर भन्दै जीवनको परिभाषा दिन खोजेका छन् ।

तस्विरमा क्याप्टेन डिआर निरौला शिर्षकमा समाहित ४६ वटा तस्विरहरुले झण्डैझण्डै लेखकको जीवनयात्राको बर्णन गरेको छ ।
यस्तो जीवनयात्राको कुनैमोडमा लेखकसंग म सहित खिचिएको तस्विरले पनि पुस्तकमा स्थान पाएवाटलेखकको मानसपटलमा म पनि सधैं रहिरहने छु भन्ने विश्वास लिएको छु ।

यसरी हेर्दा प्रस्तुत पुस्तकले एक विमान चालकको जिवनगाथा बयान गरेको छ ।

विमान चालकका सिमा, अवस्था र उस्ले भोग्नु पर्ने बाधा अफ्ट्याराहरु, त्यस बिचहासिल गर्न सकिने सफलता र उचाई, एउटा विमान चालकमा हुनु पर्नेलगनशीलता, सोच र काम प्रतिको एकाग्रता कस्तो हुनु पर्दछ भन्ने ज्ञान पनिदिएको छ । यो पुस्तक विमान चालक बन्न ईच्छा राख्ने र भर्खरै विमान चालकबनेर कार्यक्षेत्रमा उत्रिन लागेका नवप्रवेसी पाईलटहरुको लागी एक गाइड बुककोरुपमा काम गर्ने छ भन्ने मेरो बुझाईछ ।

आशा छ लेखकवाट आकाश यात्राका क्रममा प्रकाशमा आउन बाँकी रहेका अन्यधेरै बिषयहरुमा पनि कलम चलाई रहनेछन् र हामीले आकाश यात्राका अरु पनितथ्य र घटनाहरु पढने अवसर पाईरहनेछौ।


-सुशील निरौला

प्रतिक्रिया