कहिले हुन्छ यो  जिवनमा ……………

इनेप्लिज २०७९ पुष १९ गते १०:५३ मा प्रकाशित

कहिले हुन्छ यो जिवनमा बाच्नलाई सहज हुने
बाच्नलाई पनि आफ्नो सपना बिपना सबै गुमाउनुपर्ने

कहाँ खोजु ,कता खोजु तिमिलाई मैले
यो ठाउँ बस्तिमा कसरि खोजु अहिले
सपनामा गाउमा घुमेको हुन्छु
कहाँ छु म तिमिलाई भन्छु

घुमाउछौ कि मलाई ति हिमालको छेउ गाउँमा
बर्षा भई बर्सिदेउ मेरो गाउ बस्तिमा
हिमालको छेउमा रहन्छु म सितल हावा बनि
खोज्दै हिडे म बसेकि छौ कहाँ तिमि

सपनाहरु पुरा गर्न साथ दिन्छौ तिमिले
मेरो सपना हो वस्तिमा घर बनाएर बस्ने
हे भगबान जान पाउ मैले मायालुको गाउँ
कहाँ छन उनि म कसरि जाउ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया