झल्को आउछ गाउ घरको यो मनले मान्दैन
जन्मभुमि हो मेरो त्यो जस्तो ठाउँ संसारमा भेटिदैन
आयो हो चैत्रको महिना काफल पाक्ने बेला भयो
कोईलिको बोलि सुनि मन भुल्ने समय आयो
गाई भैसि चराउन बनजंगलमा पुग्ने गर्थ्यौ
काफल, अईसेलु खाएर बस्ने गर्थ्यौ
बोलाउ भने डोको पुग्दैन हेरु भन्छु आँखा पुग्दैन
सम्झनाले आँखाबाट आशु बग्यो रोक्न सकिन
झल्को आउछ गाउ घरको यो मनले मान्दैन
जन्मभुमि हो मेरो त्यो जस्तो ठाउँ संसारमा भेटिदैन
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया