सयौ जुनिसम्म साथ रहिरहन्छ……..

इनेप्लिज २०७९ पुष १४ गते १२:२८ मा प्रकाशित

सयौ जुनिसम्म साथ रहिरहन्छ भन्ने सोचेको छु

 मेरि मायालुले दिने मायाको बारेमा सोचेको छु 

आउछ होला दिन त्यो प्रभातका सुनौला किरणहरु बोकि

हृदयमा गढेको गीत बोलु-बोलु सुसेली । 

यो मनको चाहनामा बसेकि रहेछौ

मंशिरमा बिहे गर्न भेटेकि रहेछौ

के के भयो जिन्दगिको निर्णय त लिनु पर्‍यो

घुमेर आए राति पर्‍यो बास त बस्नै पर्‍यो ।

बन पाखामा फूल फुलि मन रमाउछ

खुसिको आशु झार्दै पाईला सार्न सकिन्छ 

तिम्रो साथमा रमाउला यो संसारमा 

मन भित्र गएर बस्यौ के छ तिम्रो मुस्कानमा । 

कहाँ पुग्छ कता दौडन्छ यो मेरो मन

रोकिन्छ कि तिमि आएपछि हृदयको कम्पन्न । 

गोबिन्द राज ओझा (राजन)             

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी    

प्रतिक्रिया