५पुष २०७९, कोहलपुर
बहुविधाका लेखक गोविन्द गिरी प्रेरणाद्वारा लिखित पछिल्लो २७ औं कृति ‘सुश्री पारिजात’ को “ हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान” कोहलपुरको आख्यान विभागको आयोजनामा स्थानिय कोहलपुर पार्टी प्यालेसमा विशेष कार्यक्रम गरी चर्चा गरिएको छ ।
सो कार्यक्रममा विशेष गरी लेखक प्रेरणाले साहित्य लेखन यात्रा र “सुश्री पारिजात” लेखनका विविध अनुभव प्रस्तुत गर्दै पारिजातकोजीवनका विविध पाटाहरूवाई ईमान्दारीपूर्वक प्रस्तुत गर्ने प्रयास गरेको बताउनु भयो ।आफूले पुस्तकमा पारिजातको जीवनका विविधपाटाहरूलाई प्रामाणिक तथ्यहरूको आधारमा प्रस्तुत गर्ने प्रयास गरेको बताउंदै १६ बर्षको अध्ययन अनुसन्धान र ४ बर्ष लेखन, पुनर्लेखनर प्रकाशनका लागि लागेको बताउनु भयो ।
तत्पश्चात् प्रश्नोत्तर गरिएको थियो ।विशेषत पारिजातलाई “ सुश्री “ भन्न किन आवश्यक देखियो, राल्फामा उनको संलग्नता, महत्ताहीनउपन्यासको पृष्ठभूमि लगायतका जिज्ञासाहरू खोपिराम ओली, सागर गैरे, नविन अभिलाषी, कपिल अन्जान बद्री ढकाल, पुस्कररिजालले राख्नु भएको थियो र लेखक प्रेरणाले उत्तर दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नरेन्द्रजंग पिटरले पारिजातसंगका आफ्ना सरसंगतका अनुभव सुनाउनुहुंदै उनी निडर र जुझारू लेखिकाभएको, आजीवन अविवाहित भए पनि कुमारी नभएको बताउनु भयो ।
कार्यक्रम हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आख्यान विभागका संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष सुमित्रा न्यौपानेअध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया