मेरो आँखामा तिम्रो तस्विर……….

गोबिन्द राज ओझा (राजन) २०७९ पुष ४ गते ११:१० मा प्रकाशित

मेरो आँखामा तिम्रो तस्विर, दिल भरि प्यार
आउ बस एकैछिन मेरो काममा सहयोग गरन यार

मलाई बोलाउन सधै तिमि मात्र आउछौ
मुख बाट बोल्न नसकि लज्जाएर फर्किन्छौ

आउ बस मेरो सामु के को डर मान्छौ
मायालु मन तिम्रो किन बिगारेकि छौ

तिमिलाई आफ्नो ठानेर बोलाएको छु मैले
मेरो दिलमा चोट लागे मलम लगाउ तिमिले

सधै साथमा खुसि रहनेछु मनले सोच्छ
तिमि आउ मेरो जिन्दगिमा खुसियालि आउछ

मेरो यो जिन्दगि तिमिलाई अर्पि दिउला
हासिहासि तिम्रो साथमा रमायर जिउला

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया