गोविन्द गिरी प्रेरणाको लिखित सुश्री पारिजात काठमाडौंमा विमोचित

इनेप्लिज २०७९ मंसिर २३ गते १०:४२ मा प्रकाशित

२२ मंसिर काठमाडौं । बहुविधाका चर्चित साहित्यकार गोविन्द गिरी प्रेरणा ख्यतिप्राप्त लेखिका पारिजातको जीवनी पुस्तक “सुश्री पारिजात” काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डवलीमा एक समारोहका विच भव्य विमोचन भयो ।

विमोचन समारोहमा साहित्यकार तथा साहित्यिक पत्रिका मधुपर्क तथा गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदनले स्रष्टा गोविन्द गिरी प्रेरणाको ४५ बर्षे लेखन यात्राको परिचय प्रस्तुत गर्दै लेखेर कहिल्यै नथाक्ने, आलोचनाले नआत्तिने तथा तारिफले नमात्तिने भएकोले लेखनमा निरन्तर भएको वताउनु भयो । उनको लेखन यात्रामा २ दशकको अधिययन र अनुसन्धान पश्चात् लिखित यो जीवनीकोशे ढुंगा हुने वताउनु भयो ।

पूर्व प्राज्ञ तथा वरिष्ठ लेखिका भूवन ढुंगानाले पारिजात संगको संसर्गको र सम्बन्धको स्मरण गर्दै विमोचित कृतिले पारिजातको जीवनकोबृहत् दिग्दर्शन गरेको वताउनु भयो । यो जीवनी पुस्तक पारिजातको विषयमा जान्न रूचि हुने सबैका लागि जरूरी पुस्तक भएको उहांकोअभिमत थियो ।

कार्यक्रममा लेखक गोविन्द गिरी प्रेरणाले “ सुश्री पारिजात” लेख्नुको पृष्ठभूमि बताउंदै आफूले महत्वपूर्ण लेखिका भएकैले जीवनी पुस्तक तयार पारेको वताउंदै पुस्तक तयार पार्ने क्रममा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । यो पुस्तक नीजि क्षेत्रको अग्रणी प्रकाशक फाइन प्रिण्टले प्रकाशन गरेको हो ।

प्रतिक्रिया