अर्कालाई होच्चाउने र लान्छना लगाउने काम नगर्न अध्यक्ष पदकी प्रत्यासी सीता पाण्डेको आग्रह

इनेप्लिज २०७९ मंसिर २१ गते २३:१० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टिको आसन्न निर्बाचनमा अध्यक्ष पदकी उम्मेदवार सीता पाण्डेले एक छापा बिज्ञप्ति निकाल्दै निर्वाचनको समयमा अर्कालाई होच्चाउने र लान्छना लगाउने काम नगर्न आह्वान गरेकी छिन ।

उनले बिज्ञप्तिमा अर्कालाई हिलो छ्याप्ने र अनगर्ल कुराहरू आईरहेको महशूस गरेको जनाउदै यस्ता कृयाकलापले कसैलाई पनि हित नगर्ने जनाएकी छिन ।

कसैलाई नचाहिदो दबाव दिने र अभद्र भाषाको प्रयोग नर्गन अनुरोध गर्दै साहित्यकार भनेको समाजलाई सभ्य, सुसंस्कृत बनाउन योगदान दिने हो । उनले बिज्ञप्तिमा “एउटा चुनाव “र “पद” का लागि फोहोर खेलाउने काम रोकौ भनि सबैलाई अनुरोध गरेकी छिन ।

पूर्ण पाठ जस्ताको त्यस्तै :

“ मेरो अनुरोध “

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टिको आसन्न निर्बाचनमा म सीता पाण्डे र मेरा अभिन्न मित्र पदम बिश्वकर्माले अध्यक्ष पदमा उम्मेद्बारी थियौ र छौं । कुनै पनि संघ- संस्थाको “ निर्वाचन हुनु र उम्मेद्वारी दिनु “ भनेको प्रजातान्त्रिक अभ्यास र उत्तम कुरा पनि हो ।

यस संन्दर्भमा, अहिले एक- अर्कालाई हिलो छ्याप्ने र अनगर्ल कुराहरू आईरहेको महशूस गरेको गरेका छौं। तर यस किसिमको क्रियाकलापले नेपाली साहित्य र समाजको बिकाशमा गतिरोध ल्याउन सक्छ । यस कुराले र यस्ता कृयाकलापले कसैलाई पनि हित गर्दैन ।

त्यसैले मेरो सबैमा आग्रह छ ,यो कुरालाई यही समाप्त गरौ र नबढाऊं । जहां संम्म मेरो उम्मेद्वारीको कुरा छ , म कसैको बहकाउका लागेर उठेको पनि होईन । मेरा आफ्नै एजेण्डाहरू छन् । महिलाहरू जुनसुकैक्षेत्र को पनि नेत्तृत्व तहमा आउनु पर्छ । महिलाले नेतृत्व लिनु भनेको धेरै महिलाहरूका लागि अवसर र बाटो फराकिलो पारि दिनु हो मेरो मान्यता र अभ्यास हो ।

अहिले हुन लागिरहेको “ बोर्ड अफ ट्रष्टिको निर्बाचन एक मात्र महिलाको कोटा छ, त्यसमा पनि दुईजना महिला साहित्यकारहरूको प्रतिस्पर्धा छ।
समाज र संसारमा आधा भन्दा बढि महिलाहरुको जनसंख्या छ र यस ९ जनाको कार्यसमितीको निर्वाचनमा के एक जना महिला मात्र अटाउने ?

के महिलाले नेतृत्व गर्न नहुने ? के महिला सधैं आरक्षणको कोटामा मात्र सिमित हुने ? के महिलाले आफ्नो योग्यता र क्षमताको पहिचान, उपभोग र उपयोग गर्न नपाउने ? के महिला ले नेतृत्व तहमा उम्मेद्वारि दिनै नहुने ? हार- जीत आफ्नो ठाउंमा छ र जे निर्णय आए पनि म सहर्ष स्बीकार गर्छु ।

म सबैलाई पु:न आग्रह र अनुरोध गर्छु , कसैलाई नचाहिदो दबाव दिने , अभद्र भाषाको प्रयोग गरेर एक – अर्कालाई होच्चाउने र लान्छना लगाउने काम नगरौ ।

हामी , साहित्यकार भनेको समाजलाई सभ्य, सुसंस्कृत बनाउन योगदान दिने हो , नकि “एउटा चुनाव “र “पद” का लागि फोहोर खेलाउने काम रोकौ । बिश्वास छ, साथीहरूले यसलाई सकारात्मक रूपमा लिनु हुनेछ ।

अनुरोधकर्ता
सीता पाण्डे
अध्यक्ष पदको प्रत्यासी
अनेसासी , बोर्ड अफ ट्रष्टि २०२२

प्रतिक्रिया