ब्राउन सुगर मुद्दामा एक वर्ष कैद फैसला भई फरार रहेका मानिस चार वर्षपछि पक्राउ

इनेप्लिज २०७९ मंसिर १९ गते २२:५२ मा प्रकाशित

मिति २०७५।०२।२६ गतेको राति करिब २०:१५ बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा न. २ योगिकुटि स्थितमा प्रहरीद्दारा चेकजाँच गर्दा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा न. १० घर भएका पुन्ने प्रसाद चौधरीले भारत सुनौली बजार स्थितमा गई रु १२०० को १ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगर किनी ल्याउदै गर्दा प्रहरीद्वारा फेला पारी पक्राउ गरी लागु औषध मुद्दा दर्ता गरीएकोमा अनुसन्धान पश्चात सम्मानित जिल्ला अदालत रुपन्देहीको थुनछेक आदेशले रु १०,०००/- धरौटी माग भएकोमा धरौट जम्मा गरे पश्चात रिहा भई सम्मानित जिल्ला अदालत रुपन्देहीको मिति २०७५।०८।२६ गतेको फैसलाले १ बर्ष कैद फैसला भएकोमा फैसला पश्चात फरार रहेका प्रतिवादीलाई फरार प्रतिवादी पुन्ने प्रसाद चौधरीलाई यस ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको प्रहरी निरीक्षक सहितको टोलीद्दारा खोजतलास गर्दा पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीमा पेश गरीएकोमा अदालतको आदेशले कारागार चलान भएको ।

प्रतिक्रिया