मोरङ क्षेत्र नं ४‘१’ मा चौधरी निर्वाचित

इनेप्लिज २०७९ मंसिर ७ गते १७:४० मा प्रकाशित

विराटनगर, ७ मङ्सीर । मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ४ ‘१’ बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका जयप्रकाश चौधरी १५ हजार ४६४ मत ल्याई निर्वाचित हुनु भएको छ ।

क्षेत्र नं ४ निर्वाचन अधिकृत मणिराम पोखरेलले दिनु भएको जानकारी अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका गुरुराज घिमिरेले १५ हजार ५८ मत प्राप्त गर्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका आशनारायण माझी थारुले तीन हजार ९३५ मत प्राप्त गर्नु भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया