अमेरिका आउने बितिकै ३ कुराहरुले हामीलाई किन पिरोल्छ ?

विजय थापा २०७९ मंसिर ४ गते ०:५२ मा प्रकाशित

हामीलाई नेपाल देखि नै पिरोल्ने सवै भन्दा ठूलो चिज भनेको अमेरिकाले हो । यसको अर्थ ,अमेरिका जान पाए पनि हुन्थ्यो भन्ने एक प्रकारको चिन्ता हामीसंग हुन्छ । अत्यधिक रुपमा यसले सबै वर्गलाई पिरोल्छ । अचेल बृद्ध हजुरबुवा हजुरआमालाई समेत अमेरिकाले पिरोल्ने गर्छ ।

अब म बिषय वस्तु तर्फ प्रवेश गर्न चाहन्छु । अमेरिका आउने बितिकै ३ कुराहरु जागिर ,गाडी घरको चिन्ताले हामीलाई अवश्य पिरोल्छ । यदि पिरोल्ने भएन भने कामै लाग्दैन । अमेरिका खुट्टा टेके पछि यस्ता कुराले हामीलाई हुटहुटि लगाउनै पर्छ । नत्र हामी शिथिल हुन्छौ । हामी अमेरिका पछाडी हात राखेर बिस्तारै बुढो मान्छे झैँ हिड्दै अमेरिका यस्तो पो रहेछ भनेर अवलोकन मात्र गर्न अमेरिका आएका हैनौ ।

आफ्नो उद्धेश्य पूर्ति गर्न हामी आएका हौ । हामी आउने बित्तिकै हाम्रो धड्कन बढ्दछ । मानिस आतिन्छ । के गर्ने ? कसो गर्ने ? अब के होला ? फर्केर जानु पर्ने हो कि ? कसरी सक्नु आदी ईत्यादी हाम्रो मस्तिस्कमा उब्जिन्छ । यो उब्जिनु नै राम्रो हो । यस्तो भएन भने हामी मकैको ढोड हुन्छौ ।

मानिस आतिन्छ । के गर्ने ? कसो गर्ने ? अब के होला ? फर्केर जानु पर्ने हो कि ? कसरी सक्नु आदी ईत्यादी हाम्रो मस्तिस्कमा उब्जिन्छ ।

अर्थात् मकै खाई सके पछि कामै नलाग्ने चिज भन्ने आशय हो । तर समय भन्दा अगाडी र समय भन्दा पहिला केहि हुदैन भने झैँ अमेरिकामा आतिन्नु मात्र हुदैन । सव चिज पुग्छ केवल मेहनत गर्न सिक्नु पर्छ ।

अमेरिका काम गर्छु भन्नु मात्र पर्छ जागिर पाइन्छ । कुनै पनि उमेरकालाई यहाँ फाइदा छ । जस्तो आफ्नो प्रतिभा त्यहि अनुसारको काम पाइन्छ । अमेरिका आई सके पछि पाखुरा दह्रो बनाउनु पर्छ काम अवस्य पाइन्छ । हामी कमाउन आएको हुनाले छिटो काम भै दियोस भन्ने चाहना हुन्छ । स्वाभाविक पनि हो । कसरी जीविकोपार्जन गर्ने हो भन्ने कुराले सताउने हुनाले काम धैर्य गर्नु पर्छ चिन्ता लिनु पर्दैन ।

यसै गरि सवारी साधनमा सरर गुड्न मन लाग्छ । अमेरिका आउने अधिकांशका नेपालमा चार चक्के सवारी साधन भै सकेका हुन्छन । अधिकांशको घरमा सवारी साधन हुन्छ । तर अमेरिका स्वचालित सवारी साधनहरु । आउने बित्तिकै कुदाउन रहर लाग्छ । आफन्त र साथीभाईको सवारी साधन समेत सापटी मागेर भए पनि एक पटक हल्का कुदाउन मन लाग्छ । मन चंचल र अमेरिकामा कुदाउन पाए भन्ने जस्तो मनमा लाग्छ । यसमा पनि आत्तिनु हुदैन । दिन आए पछि यो पनि व्यवस्था हुन्छ । केवल आफु स्वस्थ हुनु पर्छ । पाखुरा र गोडा दह्रो बनाए पछि एक दिन कसो नआउला भन्ने सोच लिनु पर्छ । भगवान हुनु हुन्छ म काम गर्छु भन्ने मानसिकता राखेमा यो पनि ईच्छा पुरा हुन्छ ।

अर्को ,अमेरिका आएका आफन्त ,साथीभाई,परिवार सदस्य, टोल छिमेकका छिमेकि ,इष्टमित्र सबैले ओत लाग्ने ठाउँको व्यवस्था गरेका हुन्छन । आफू भर्खर आएकोले यस्तो प्रगती देखे पछि मनमा खुल्दुली चल्छ । मनमनै निकै डाह ,रिस पनि लाग्न सक्छ किनभने मानव स्वभाव हो । हामी पनि यो भन्दा अगाडी आएको भए हाम्रो पनि यस्तो हुन्थ्यो भन्ने सोचिन्छ ।

पाखुरा र गोडा दह्रो बनाए पछि एक दिन कसो नआउला भन्ने सोच लिनु पर्छ । भगवान हुनु हुन्छ म काम गर्छु भन्ने मानसिकता राखेमा यो पनि ईच्छा पुरा हुन्छ ।

अर्थात् अहोरात्र खटेर हुनेले नेपाल बाट पनि बेचबिखन गरेर घर जोड्ने मौका पाएका हुन्छन । घर किन्न गार्हो नै हुन्छ । तर यहाँ अरुले बनाईएको घर किन्न पाइने र किस्ताबन्दिमा पाइने हुनाले नेपाल जस्तो आफैले बनाउनु पर्ने भन्ने हुदैन ।

नेपाल जस्तो दिन भर मिस्त्रीले के गर्यो ,कामदारले के गर्यो भन्ने पिर अमेरिकामा हुदैन । गर्नु पनि हुदैन। यसरी नै अमेरिका चलेको छ । धैर्यता हुनु पर्छ । कमाउने आँट हुनु पर्छ । अल्छि गर्नु हुदैन । नेपाल जस्तो साथीभाईसंग काँधमा काँध मिलाएर डलर कमाउनु भन्दा कमाएको उडाउनु तर्फ लागियो ,घुम्ने रमाइलो गर्ने तर्फ लगियो भने घर किन्न काशीमा मुख धोएर आउनु पर्ने हुन्छ अर्थात् डलर कमाउन ठूलो मेहनत चाहिन्छ । अन्त्यमा सबै परिवारको साथ आफ्नो मेहनत कडा परिश्रम गरे पछि यस्तो सोच्नेको पनि ईश्वरले सुनी दिनु हुन्छ । अनि लक्ष्मी बिस्तारै आउछिन ।

अन्त्यमा सबै परिवारको साथ आफ्नो मेहनत कडा परिश्रम गरे पछि यस्तो सोच्नेको पनि ईश्वरले सुनी दिनु हुन्छ । अनि लक्ष्मी बिस्तारै आउछिन ।

अनि हामीले चाहेको जस्तै जागिर खान पाइने ,सवारी साधन किन्न पाइने र छाप्रोको पनि व्यवस्था हुने हुन्छ । चिन्ताले हामीलाई पिरोलदैन । ढिलो चाडोको कुरा मात्र हो ,हाम्रो सपना पुरा हुन्छ ।

स्मरण रहोस ,धनको डकार कसैलाई आउदैन l अमेरिकामा जागिर खान आफूसंग शिप हुनु पर्छ ,अध्ययन गर्नु पर्छ ,त्यसको लागि अहोरात्र मेहनत गर्नु पर्छ l भाग्यले साथ दिए छिटो धन कमाउने सपना पनि पुरा हुन्छ l

यसरी धन कमाए पछि सवारी साधन र छाप्रोको पनि व्यवस्था हुन्छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया