अमेरिकामा ५ कुराहरुको ज्ञान राख्नेले दुख कहिले नपाउने

इनेप्लिज २०७९ कार्तिक १४ गते १६:३७ मा प्रकाशित

बिश्वमा सबै भन्दा ठूलो चिज मानिसमा ज्ञान हुनु हो । ज्ञान त्यतिकै प्राप्त हुदैन । ज्ञान लिन तपस्या गर्नु पर्छ अर्थात् मेहनत गर्नु पर्छ ,ध्यान दिनु पर्छ ,अध्ययन गर्नु पर्छ,सिक्नु पर्छ र सिक्न खोजेमा ज्ञान हासिल गर्न सकिन्छ । जो पनि ज्ञानी हुन् चाहन्छन । तर मन लगाएर पढ्ने र उज्ज्वल भबिश्य बनाउन चाहना राख्नेले छिट्टै ज्ञान लिन्छन । ज्ञान लिन अति उत्तम हो । नलिएमा केही हानी हुदैन तर पछि परिन्छ ।

ज्ञान लिन अति उत्तम हो । नलिएमा केही हानी हुदैन तर पछि परिन्छ ।

तपाई हामी मध्ये धेरैलाई अमेरिका जान पाए हुन्थ्यो भन्ने मनमा आउन पनि सक्छ । तर अपबादको चर्चा परिचर्चा गर्न चाहन्न l लाखौ करौडौ मानिस अमेरिका आउने प्रयासमा हुन्छन l अमेरिकामा अवसर छ र मौका पाइन्छ l

अमेरिका ,अब पहिलोको जस्तो कहाँ हो कहाँ जस्तो अमेरिका रहेन l अमेरिकाको बारेमा मानिसले धेरै कुरा जान्ने भएका छन् l अमेरिका आउने हरेकले आफूसँग केही नकेही सीप ल्याउनै पर्छ l अनि अमेरिकामा बाच्न सक्दछन l जीवन सरल बन्दछ l

५ कुराहरु जाने अमेरिकामा दुख पाईने सम्भावना कम हुन्छ l

१.भाषा : अमेरिकामा भाषाको ठूलो महत्व हुन्छ l बहुभाषा जाने अझ सुनमा सुगन्ध l औसतमा नेपालीहरुलाई नेपाली ,हिन्दी र अंग्रेजी भाषा आउछ l बोलीचालीमा उर्दू पनि हिन्दी जस्तै भएकोले ४ भाषामा जानेको जस्तो हुन्छ l यो नेपालीहरुका लागि यो जोड अङ्क अर्थात् फाइदा (प्लस पोईन्ट )हो l अमेरिका अचेल बहुभाषा जानेकोलाई निकै फाइदा छ l बहू भाषिक भएकोले काम पनि छिटो पाउछन l ठूला ठूला काम दिने संस्थाहरुमा यस्ता कर्मचारीको खोज भै रहेको हुन्छ l

अनुवादकको लागि भारतीय झैँ नेपालीहरुले पनि प्रसस्त काम पाई रहेका हुन्छन l तर अमेरिका आउने प्रवेशआज्ञा पाएको छ ,चिट्ठा परेको छ र कुनै न कुनै तरिकाबाट अमेरिका आउने पक्का भएको छ भने नेपाली ,हिन्दी ,उर्दू र अंग्रेजी भाषा बाहेक स्पानिस भाषा जान्नु भएको छ भने निक्कै छिटो काम पाउने सम्भावना हुन्छ l

अचेल भाषा कसैलाई पनि समस्या हुदैन l

अरु भाषा भन्दा स्पानिस भाषाको माँग अति भएकोले त्यो भाषा पनि सिकेर अमेरिका छिर्दा सुनमा सुगन्ध हुने छ l तर सबै भाषामा प्रथम रुपमा जान्ने भाषा नै अंग्रेजी हुन्छ l बोल्नमा धारा प्रवाह छ भने भाषा कै कारण तपाई अमेरिकामा बिक्नु हुन्छ l तसर्थ अमेरिकामा अमेरिकन शैलीको अंग्रेजी भाषा बोल्न र प्रयोग गर्न सके उत्तम हुनेछ l अचेल भाषा कसैलाई पनि समस्या हुदैन l अधिकांश अंग्रेजी पाठशाला मै अध्ययन गरेर आएका हुन्छन l

तथापी आउने मात्र सोच बनाउनु हुन्छ भने अंग्रेजी भाषामा पण्डित हुनु भयो भने स्थापित हुन् सजिलो हुन्छ l अमेरिकामा नेपालीहरु यही भाषाको कारण धेरै मार खाएका छन् l कुरा भन्न नसक्दा ठगमा पर्ने र अनेक कुरा बाट चुकेका छन् l मुख्य कुरा अमेरिका आउनु भन्दा अगावै भाषामा योग्य हुनु अपरिहार्यता हुन्छ l

२.सवारी साधन : अमेरिका २४ सै घण्टा चल्ने देश हो l मानिस अति व्यस्त छन् l फुर्सद हुदैन l तपाई यदि अमेरिका आउने निश्चित भए पछि र सराई बसाई गर्ने हो भने कुनै पनि हालतमा सिकेर आउँदा तपाईलाई अत्यन्तै सरल हुने छ l आजभोली मानिस सिकेर आउने गर्ने चलन भएको छ l र उनीहरुलाई अमेरिकामा निकै सजिलो भएको छ l

समय व्यस्तताको कारण तपाईलाई आफ्नै मान्छेले पनि सिकाउन सक्दैनन् l घर परिवार को मान्छेले पनि सक्दैनन् l काम गर्ने समय परिवर्तनशील हुने हुनाले अरुलाई सवारी साधन सिकाउने समय पनि दिन असमर्थ हुने हुन्छन l नेपालमा सवारी साधन अर्थात् कार (बाहन )हस्तचालित हुन्छ भने अमेरिकामा स्वचालित हुन्छ (म्यानुएल र अटोमेटिक l अमेरिकामा गाडी चलाउन सजिलो हुन्छ l मानिसले छिटो सिक्दछन l नेपालमा सवारी साधन सिक्न सस्तो पर्छ अमेरिकामा महँगो पर्छ l आफूले जानेको छ भने थोरै पैसा खर्च गर्यो भने अमेरिकामा छिटो चालक अनुमति पत्र पाइन्छ l तसर्थ अमेरिका आउने जो सुकैले पनि सिकेर आउँदा सुनमा सुगन्ध हुन्छ l

अमेरिका आउनु अगाडि नै अमेरिकाको यातातात बिभाग बाट सवारी साधन चालक अनुमति चालक कसरी सफल हुने र के के प्रकृया रहेछन भन्ने ज्ञान लिन सकिन्छ l

खाना बनाउन/अन्तर राष्ट्रिय खानेकुरा/ :अमेरिकामा नेपाल जस्तो सेवक राख्ने चलन हुदैन l सवैले आफ्नो काम आफैले गर्ने चलन छ l अमेरिकामा पनि कमाई ज्यादा हुनेले कामदार राख्दैनन् l नराख्ने भन्ने चाही हैन l आफैले खाना बनाउने र भाडा माझ्ने चलन छ l नेपालमा जस्तो सहयोगी ,सहायक तथा सेवक राखेर अमेरिकामा मध्यम प्रकारका कामदारले आर्थिक भार थेग्न सक्दैनन् l मानिस बाध्य हुन्छ किनभने यसरी राख्ने चलन हुदैन l र कमाईले भ्याउदैन l धेरै कमाई हुनेले राख्ने पनि चलन छ l अमेरिकनहरुले हत्तपत्त सेवक या सहायक सुरक्षाको कारण राख्दैनन् l

अर्को कुरा अमेरिका आए पछि कसरी भात बिना बाच्न सकिएला भन्ने लाग्न सक्छ l नेपालाम भातरोटी मुख्य खाना हुने हुनाले हामी यसमा मात्र ज्यादा निर्भर छौ l एक छाक भात खाएन भने निन्द्रा नलाग्ने र रात भरि नसुत्ने जस्तो पनि हुन्छ l नेपालमा पनि सवै प्रकारका अन्तर राष्ट्रिय खाने कुराहरु उपलब्ध हुने भएकोले जे पनि खान सक्छु भन्ने मानसिकता राख्नु पर्छ l अमेरिकामा हामीले खाने कुरा सवै पाईन्छ l

मुख्य शब्द /संकेत शब्द/सूचक शब्द (कि वर्ड ) : अमेरिकामा सवै भन्दा जान्नु पर्ने र मानिस अलमलिने भनेको नै यस्ता शब्दहरुले हुन् l दुई चार महिनामा सिक्न सकिन्छ तर नेपाल बाटै यि शब्दहरु के रहेछन भनि बुझियो भने अझ राम्रो l तपाई प्रारम्भिक चरणमा थुप्रै कुराले झुक्किने हुन्छ l समान खरिद गर्न किन्न गयो त्यहाँ पनि समस्या हुन्छ l अमेरिकाको पिज्जा या म्याक डोनाल्ड पसलमा पनि नया आउनेलाई समस्या हुन्छ यही मुख्य शब्द /संकेत शब्द/सूचक शब्द (कि वर्ड ) को कारण l

नेपालमा पनि सवै प्रकारका अन्तर राष्ट्रिय खाने कुराहरु उपलब्ध हुने भएकोले जे पनि खान सक्छु भन्ने मानसिकता राख्नु पर्छ l

अमेरिकामा पिज्जा ,म्याक डोनल्ड ,सववे तथा अन्य चमेना गृहमा पत्रु खाना (जंक फुड ) खान गयो भने यति सूची हुन्छ कि हामी सुरु सुरुमा अलमलमा पर्छौ l कसरी के भन्ने ,कस्तो पिज्जा खाने ? के भन्दा हुने ? कति प्रकारका हुन्छन । सबवेमा भन्नेमा ताजा खानेकुरा पाइन्छ । तर १० किसिमको हुन्छ के भन्ने के खाने हामी त्यही अलमलमा पर्छौ ।

बिस्तारै थाहा नहुने हैन l यस्ता पसलमा बिहान ,दिवा भोज या अन्य समयमा यहाँ ” यहाँ कि लाने ” भनेर सोध्ने गर्छन l

उनीहरुले यसो भन्छन , यो संग तपाई अन्य केही अचार (सस) चाहनु हुन्छ ? सानो ,मझौला या ठूलो ? भनेर सोध्दछ्न ? के भनेको होला जस्तो लाग्न सक्छ l के यो यहाँ नै खाने कि लाने भन्ने शब्दलाई छोटकरीमा , हियर अर टु गो भन्छन ? अमेरिकामा रहेका साथीभाई नहुँदा अलिक नबुझिने जस्तो पनि हुन्छ l चनाखो हुनु पर्छ भन्ने आसय हो l

मुख्य नेपालबाट नै आफ्नो साथमा लिएर आउने चिज ,शीप : अमेरिका आउने जो कोहीले अरु चिज केही ल्याउनु पर्दैन l तर एउटा शीप लिएर आउने कहिले समस्यामा पर्दैन l यो बिना अमेरिकामा जीवन कठिन पनि हुन्छ l अझ प्राविधिक बिषयमा सीप जानेको छ भने त्यसले काम गर्छ l त्यो भन्दा महत्वपूर्ण कुरा सवै संग कम्प्युटर ( सु-साङ्ख्य यन्त्र ) को शीप र उच्च शिक्षा छ भने त्यसले काम गर्छ l

नेपालमा कोही पनि केही नगरि बस्ने चलन छैन l काम सवैले जानेका छन् l सवैले आफ्नो अनुभव अमेरिकामा प्रयोग गर्न पनि पाउदछन l डराई रहनु पर्दैन तर हामीले समय मै सीप सिकेर आयौ भने धेरै काम लाग्ने हुन्छ l पुरुष तथा महिला दुवैले अमेरिकामा कुन काम मा कुन सीप कसरि लिने भन्ने विचार गर्नु आवश्यक हुन्छ l

सवै भन्दा महिलाहरुले शृगार तथा ब्युटीसियन (प्रसाधक ) को सीप तथा अनुभव हासिल गर्ने महिलाहरुले सवै भन्दा छिटो काम पाईएको देखिएको छ l त्यति मात्र हैन अन्य बिबिध बिषयमा समेत ज्ञान तथा सीप प्राप्त गर्न सकियो भने अमेरिकामा प्रारम्भिक चरण देखि नै सजिलो हुन्छ l महिलाहरुसंग अन्य थुप्रै सीप हुन्छन l

अमेरिका आउदा भाषा ,अनुभव ,ज्ञान ,शिक्षा ,खुबी तथा केही छैन भने निकै गाह्रो हुन्छ तर त्यही अनुसारको संघर्ष गर्दै काम नपाइने हैन तर दुख हुन्छ l हामी नेपालीहरु नेपालमा घरजम बसेर राम्रो अवस्थामा भएता पनि अमेरिकामा शून्य बाट पनि कहिलेकाही सुरु गर्नु पर्ने अवस्था आई पर्छ l

यसर्थ अमेरिका आउदा ५ कुराहरु जाने अमेरिकामा हामीले कम दुख पाईने सम्भावना हुन्छ l अमेरिका प्रारम्भिक चरणमा आएकाले धेरै कुराको सामना गर्नु पर्ने हुनाले आफू तयार भएर आइयो भने आफूलाई राम्रो हुन्छ l

प्रतिक्रिया