विराटनगरमा ‘छठ’ पर्व– अस्थाउँदो सूर्यलाई अर्घ

इनेप्लिज २०७९ कार्तिक १३ गते १३:५० मा प्रकाशित

विराटनगर, १३ कात्तिक । तराइ क्षेत्रमा उमङ्गका साथ मनाइने ‘छठ’पर्वको आज तेस्रो दिन बर्तालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

विराटनगर महानगरपालिकाकामा रहेको सिघिया नदी,केसलिया नदी , विभिन्न पोखरी, नगरबाट वग्ने सुनसरी मोरङ सिचाई आयोजनाको नहरको दुवैतर्फका डिललाई विभिन्न रङ्गीचङ्गी विद्युतीय वल्व, ध्वजापातामा एवं केराको थम्वाबाट सजाईको घाटमा नदी एवं नहरबो वीचमा उभिएर बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएको छन्।

छठ पूजामा चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, नरिवल, भोगटे,उखु, हरियो बोडी, पानीफल सिङ्गडा, मुला, अदुवाको बोट, ठकुवा, भुसुना तथा अन्य मिठाई लगायतका प्रसाद एवं फलफुल सूर्य भगवान एवं छठीमातालाई बर्तालुले अर्पण गरेका छन् ।

यसैगरी पूजाका सामाग्रीहरु बर्तालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो मा राखेर अर्पण गरेका छन् ।

‘छठ’पर्व मनाउनका लागि पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ एवं घाटलाई आकर्षकरुपमा सजावट गरिएको छ ।

छठ पर्वको रौनक एवं रमिता हेर्न आज अपरान्हदेखि हजारौँ मानिसहरु घाटमा उपस्थित भएका छन ।

प्रतिक्रिया