संवाददाता
बालतारा पुरस्कार
प्रवासमा जन्मिएका र हुर्किएका बालबालिकाहरुलाई नेपाली भाषा र साहित्यसँग नजिक गराउने उदेश्य लिएर साहित्यकार बिमला दुंगाना निरौलाको परिकल्पना र संचालनमा विश्वभरिको बालबालिकाहरु समेटेर अनेसास केन्द्रबाट चलाईएको साहित्यिक कार्यक्रम बालतारा कार्यक्रमको उत्कृष्ठहरुबाट छनोट गरी सात जना बालबालिकालाई हरेक वर्ष भाषा र साहित्यको आधारमा प्रदान गरिने बालतारा पुरस्कारको स्थापना २०२१ मा भएको थियो| गत अप्रिल महिनामा यो पुरस्कारको घोषणा पहिलो पटक भएको थियो । प्रसंसा पत्रको साथ एक सय पाँच डलर राशि रहेको बालताराबाट यस वर्ष विश्वभरीका सातजना भाइबैनी पुरस्कृत भएका छन्| जस मध्धे तिन जना भर्जिनियाको शिक्षा सदन नेपाली भाषा पाठशालाका छात्र छात्राहरु रहेकाछन् ।ति साना नानी बाबुहरुमा आभाष अर्याल, कन्चन दाहाल र सचिन चापागाईं हुन् ।आज भर्जिनियाको मनासस स्थित वेस्टवेस्टन होटेलमा भएको अमेरिका नेपाल सहयोगी समाज र यहि अन्तर्गतको नेपाली भाषा पाठशाला शिक्षा सदनको देउसे भैलो कार्यक्रम बिच अनेसासले छोटो कार्यक्रम गरी उक्त पुरस्कार वितरण गरेको छ ।शिक्षा सदनका अभिभावक, अमेरिका सहयोगी समाज परिवार र स्थानिय नेपाली समुदाय बीच बितरण उक्त पुरस्कार बाट बिदेशमा नै जन्मिएका र हुर्किएका आफ्ना साना बाबु नानी यसरी पुरस्कृत हुन् सफल भएकोमा सबै हर्षित भएका थिए ।
यो पुरस्कार प्रायोजकहरुमा सरला श्रेष्ठ पेन्सिलभेनिया, रोहिणी शर्मा ओरिजोना , शिव लामिछाने भर्जिनिया र माया गुरुङ बेलायतबाट हुनुहुन्छ । दाताहरु प्रति आभार ! पुरस्कृतलाई हार्दिक बधाई!
पन्चकन्या बालरात्न पुरस्कार
बिभिन्न क्षेत्रबाट उत्कृष्ठ कर्म गर्ने संसारभरीका महिला मध्धे नौ जना परिश्रमी नेपाली महिलालाई प्रदान गरिने अनेसास नवरत्न पुरस्कार अन्तर्गत पन्चकन्या बालरत्न पुरस्कार अमेरिकाका साना पाँच जना बालिकाहरुलाई प्रदान गर्ने गरिएको छ | भाषा, साहित्य, कला, संस्कृतिका साथै भिन्न भिन्न बाल प्रतिभाका लागि हरेक दुई दुई वर्षमा प्रदान गर्ने यस पुरस्कारको राशी दुईसय अमेरिकन डलर र सम्मान पत्र रहेको छ ।अनेसास बिओटी सभापति गीता खत्रीले स्थापना गर्नुभएको नवरत्न पन्चकन्या बालरत्न पुरस्कारले अमेरिकामा बसेका बालिकाहरुलाई बिभिन्न प्रतिभामा खारिन हौसला मिलेको छ । बिगत मे १२ मा सार्वजनिक गरिएको पन्चकन्या बालरत्न पुरस्कारबाट पुरस्कृत हुनेहरुमा बिभुषा बिष्ठ (न्युयोर्क), शिवानी कंडेल (केंटुकी), स्तुती खतिवडा न्युहेम्साएर , ऐश्वर्या निरौला (मेरिल्याण्ड) र रोजी गौतम शिक्षा सदन मनासस भर्जिनिया पर्दछ। आजको यस बिशेष पुरस्कार वितरण समारोहमा रोजी गौतम र ऐश्वर्या निरौलाले उक्त पुरस्कार ग्रहण गरेका थिय| साथै सबै पन्चकन्या बालरत्न पुरस्कृतहरुलाई हार्दिक बधाई।प्रायोजकहरु प्रति हार्दिक आभार !
प्रतिक्रिया