यो एउटा युगको आवाज हो……. 

गोबिन्द राज ओझा (राजन) २०७९ कार्तिक १ गते ९:४२ मा प्रकाशित

 यो एउटा युगको आवाज हो कसले रोक्नसक्छ        

बिबेक पुर्याएर आफैलाई सम्झिएर कार्य गर्नुपर्छ              

अस्तित्वको लागि लडाई लडनुपर्ने बाध्यता छ        

सबैको हक अधिकारको लागि लडाई गर्नु छ      

निश्वार्थ सेवा गर्न म यहा तयार छु     

आफुलाई आफैले सम्झि  राखेको  छु      

यो दिलबाट सबैलाई सम्झिराख्नु छ      

मैले गरेको शृजनाहरु सुरक्षित राख्नु छ    

मेरि आमालाई सम्झि मैले फर्कि आउनु छ

यो मेरो गाउँमा परिवर्तनको लागि केहि गर्नु छ      

मेरो यो यात्रामा भएका कुरा तिमिलाई भन्नु छ     

सबैको हक अधिकारको लागि लडाई गर्नु छ 

कर्तव्य र भुमिकाको बारेमा सचेत रहनु छ    

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया