माइती नेपालको विरूद्ध निवेदन दर्ता किशोरी अझै अज्ञात, माइती नेपाल र प्रहरीको (भिडियो सहित)

इनेप्लिज २०७९ असोज ३० गते ९:२५ मा प्रकाशित

बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरीले हतकडी बिनै अदालतमा पेश गरेको छ।यसअघि सन्दीपलाई हतकडी लगाएको बिषयमा चर्को विरोध भएपछि प्रहरीले हतकडीबिनै अदालतमा पेश गरेको हो।

म्याद थपपछि अदालतबाट बाहिरिने क्रममा सन्दीपको हातमा हतकडी देखिएन।प्रहरीले अजोज २० गते विमास्थलबाटै पक्राउ गरेर हतकडी लगाएर लगेको थियो। यसअघि अनुसन्धानका लागि दिइएको ७ दिनको म्याद सकिएपपिछ आज पाँच दिन समय थप गरिएको छ।

सन्दीपलाई दोस्रो पटक अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै त्यस विषयमा अनुसन्धान भइरहेको बताएका हुन् ।उनले प्रहरीले सन्दीपको आधाजसो बयान लिने काम सकाइसकेको समेत बताए ।

उनले भने, ‘संवेदनशील मुद्दालाई चाँडै टुंग्याउनुपर्छ भनेर सबै लागिराख्नुभएको छ । प्रहरीले ३ दिन माग गरेको थियो । असाेज ३१ गतेसम्म हामीले सबै काम सक्छौ‌ भनेर लागेका छौँ । अदालतले अनुसन्धानलाई छिटो सक्नु भनेको छ ।’

प्रतिक्रिया