दसै विशेष रचना वाचन कार्यक्रम सम्पन्न
अक्टोवर २, २०२२
यूएसए
समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
(अनेसास)ले आफ्ना च्याप्टरहरूलाई केन्द्रसँग निरन्तर जोडने अवधारणा बनाएर अघिबढेको परिप्रेक्षमा अनेसास उत्तर अमेरिका क्षेत्रमा पर्ने सक्रिय च्याप्टरहरू संग विगत झण्डै तिन वर्ष यता नियमित रूपमा हरेक महिनाको अन्तिम आईतवार गरिदै आएको च्याप्टर विशेष कार्यक्रमको अर्को श्रेन्खला च्याप्टरहरु, केन्द्र एवम् बीओटीका सदस्यहरु बीच दसै विशेष रचना वाचन र शुभकामना आदानप्रदान साटेर सम्पन्न गरेको छ।
अनेसास उत्तर अमेरिका क्षेत्रका च्याप्टर अध्यक्षहरु राजन महर्जन – न्यूयोर्क च्याप्टर, हरीमाया अधिकारी – न्युह्यामसार च्याप्टर, डा.अमर ब. कार्की – फ्लोरिडा च्याप्टर, त्यसैगरी महासचिव मेनका पराजुली – न्यूयोर्क च्याप्टर, महासचिव लाल चौलागाई – कोलोराडो च्याप्टर; सदस्य – प्रतिमा रेग्मी – फ्लोरिडा च्याप्टर आदिले बीओटी उपाध्यक्ष – पदम बिश्वकर्मा, बीओटी सदस्य – तीर्थराज अधिकारी, अन्तर्दृष्टि प्रकाशन समिति संयोजक – लालगोपाल सुवेदी, अनेसास केन्द्रीय कोषाध्यक्ष – निजानन्द मल्ल, तथा केन्द्रीय उपाध्यक्ष एवम् अनेसास उत्तर अमेरिका च्याप्टर क्षेत्रीय संयोजक राजेन्द्र श्रेष्ठ आदि श्रष्ठाहरुका साथ् दसै शुभकामना आदानप्सरदान सहित रचनाहरु वाचन गरेका थिए ।
प्रतिक्रिया