गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई चुस्त र विवादरहित बनाउन दक्ष जनशक्तिको परिचालन गरिनेछ : कार्यकारी अध्यक्ष रविना थापा

इनेप्लिज २०७९ असोज १६ गते १५:५६ मा प्रकाशित

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति(आइसीसी)का कार्यकारी अध्यक्ष रबिना थापाले आज अक्टोबर २ देखि ६ महिनासम्म संस्थाको नेतृत्व औपचारिक रुपमा लिएकी छिन ।

यसरी एनआरएनए अभियान र संस्थालाई हाक्ने जिम्मेवारी आफ्नो काँधमा लिने रबिना थापा ईतिहासमै नेतृत्व लिने पहिलो महिला भएकी छिन ।

स्थापना काल देखि केवल पुरुषहरुले मात्र नेतृत्व गर्दै आएकोमा गैरआवासीय नेपाली संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले बिशेष परिस्थितिमा उनि लगायत अन्य २ उम्मेदवारहरु पनि पालैसँग नेतृत्व लिने कुरामा सहमत भए अनुसार थापाले अक्टोबर २ देखि अर्को ६ महिना सम्मको लागि नेतृत्व लिएकी हुन् ।

अहिले उनि काठमाडौँमा रहेकी छिन भने पत्रकार सम्मेलन मार्फत केही आफ्ना प्राथमिकताहरु सार्वजनिक गरेकी छिन । उनले सार्वजनिक गरेको छापा बिज्ञप्तिमा अति विषम परिस्थितिमा गत मार्च महिनामा सम्पन्न सो महाधिवेशनले पहिलो पटक संघको नेतृत्वमा बहुपदीय नेतृत्व सर्वसम्मतले चयन गरेको थियो भनि जनाएकी छिन ।

उनले सहमतीय प्रणाली अनुरुप पहिलो ६ महिना संघको कार्यकारी भूमिकामा नेतृत्व समाल्नु भएका अध्यक्ष कुल आचार्यप्रति धन्यवाद समेत दिएकी छिन ।

उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन संघले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाई नियमित र प्रभावकारी बनाउन पहल गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

साथै थापाले गत निर्वाचनमा देखिएको असमजदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मिय एकता कायम गर्ने आफ्नो मेरो प्राथामिकता रहने बताएकी छिन। संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

विज्ञप्ति
“नेपालीको लागि नेपाली” भन्ने मुल मन्त्रका साथ नेपाललाई समृद्ध बनाउने महान अभियानका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन सम्पन्न भएको ६ महिना पूरा भएको छ ।
अति विषम परिस्थितिमा गत मार्च महिनामा सम्पन्न सो महाधिवेशनले पहिलो पटक संघको नेतृत्वमा बहुपदीय नेतृत्व सर्वसम्मतले चयन गरेको थियो । सहमतीय प्रणाली अनुरुप पहिलो ६ महिना संघको कार्यकारी भूमिकामा नेतृत्व समाल्नु भएका अध्यक्ष कुल आचार्यप्रति धन्यवाद ज्ञापन गर्दछु ।
आगामी दिनमा संघको कार्यकारी अध्यक्षको रुपमा काम गर्ने उद्देश्यले केही प्राथमिकताहरु यहाँहरु समक्ष लिएर उपस्थित भएकी छु ।
•गैरआवासीय नेपाली संघले यस अघिदेखि नै उठाउँदै आएका सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रर्वधन, वैदेशिक रोजगारीमा रहेकाहरुको लागि सामाजिक सुरक्षा कोष, नेपाली नागरिकतको निरन्तरता, पैतृक सम्पतीको सुरक्षा लगायतका कामलाई मूर्तरुप दिन सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा मेरो ध्यान केन्द्रित रहनेछ ।
•विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन संघले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाई नियमित र प्रभावकारी बनाउन पहल गर्ने छु । यसअघि जस्तै गैरआवासीय नेपाली संघ समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछ ।
•गत निर्वाचनमा देखिएको असमजदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मिय एकता कायम गर्ने मेरो पहिलो प्राथामिकता रहने छ । संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहनेछ ।
•संघको अभियानबाट बाहिर रहेका सदस्यहरुलाई समेत मुलधारमा ल्याउन पुर्णरुपमा मेरो पहल रहनेछ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई चुस्त र विवादरहित बनाउन दक्ष जनशक्तिको परिचालन गरिनेछ ।
•“एक प्रदेश, एक मोबाईल ब्लड बस” परियोजनाबाट कम्तिमा ३ वटा प्रदेशमा सञ्चालन गर्नको लागि आइसीसी एनसीसी तथा सरोकारवालाहरुसँग समन्वय आर्थिक सहयोग संकलन गर्ने र खरिद गरि हस्तान्तरण गरिने छ ।
•रेस्टरूम परियोजना अन्तर्गत नेपाल दुर्गम तथा केही सहरी क्षेत्रमा निर्माण गर्ने योजना तर्जुमा गरि लागु गरिने छ
•संघले नेपालमा रहेका सम्पूर्ण सरोकारवाला निकायहरुसंग सहकार्य गरि समृद्ध नेपाल निर्माण टेवा पुर्याउने योजना तर्जुमा गरि कार्यान्वयन गरिनेछ ।
•“एक पल्टको नेपाली, सधैको नेपाली” लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनैतिक दलहरु समक्ष आग्रह गरि गैरआवासीय नेपाली नागरिकता प्रमाणिकरण गराउन पहल गरिने छ ।
•डेलिगेस प्रणालीलाई सहजीकरण गरिने छ ।
•नेपालमा बेरोजगारी कम गर्ने उदेश्यले ‘पढ्दै कमाउँदै; जस्ता आयमुल र सिपमुलक कामको लागि संस्थाभित्र आउने परियोजनालाई अघि बढाइने छ ।
साथै बिधान मा उल्लेखीत सबै तह का पदपुर्ती हरू गरीने छ र सस्थां लाई बृहत बनाऊन कोशीस गर्ने छु।
यही अक्टोवर ११ देखि १३ तारिखसम्म हुने संघको वार्षिक साधारणमा प्रस्तुत हुने विधानलाई आम सहमतिको दस्तावेजको रुपमा अनुमोदन गरेर संघको आगामी महाधिवेशनमा नेतृत्वको लागि हुने निर्वाचनलाई सुनिश्चत गर्नको लागि सबै राष्ट्रिय समन्वय परिषद, वर्तमान कार्यसमिति तथा संघका सदस्यहरुसँग हार्दिक अपिल गर्दछु ।

रविना थापा
कार्यकारी अध्यक्ष,
गैरआवासीय नेपाली संघ
२ अक्टोवर २०२२

प्रतिक्रिया